close

नेपाली बजारमा टीसीएल ब्राण्डका नयाँ साउन्डबार उपलब्ध

टेकपाना टेकपाना

माघ २४, २०८० १२:४८

नेपाली बजारमा टीसीएल ब्राण्डका नयाँ साउन्डबार उपलब्ध

काठमाडौं । नेपाली बजारमा टीसीएल ब्राण्डका नयाँ साउन्डबारहरू उपलब्ध भएका छन् । यसअन्तर्गत कम्पनीले एस६४३डब्लू , एस५२२डब्लू र एस३३२डब्लू गरी तीन मोडेलका साउन्डबार बजारमा उपलब्ध गराएको हाे ।

यी साउन्डबारहरूले प्रयोगकर्तालाई मनपर्ने चलचित्रहरू, संगीत तथा टिभी कार्यक्रमहरू उत्कृष्ट गुणस्तरमा सुन्ने सुविधा दिने कम्पनीको भनाइ छ ।

विभिन्न साउन्डमोडहरू, वायरलेस सबवुफर, रिमोट कन्ट्रोल लगायतका सुविधा रहेका यी साउन्डबारहरूले स्मार्टफोन, ट्याब्लेट वा अन्य उपकरणहरूबाट सजिलै म्युजिक स्ट्रिम गर्न मिल्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८० १५:३१