close

एनसेलले ल्यायो डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

टेकपाना टेकपाना

माघ २४, २०८० १९:४७

एनसेलले ल्यायो डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले पुनः ‘डबल मजा प्याक’ ल्याएको छ । ग्राहकहरूले एकदमै मन पराएपछि यो अफर फेरि ल्याएको कम्पनीले जनाएको छ ।

यो अफरमा ग्राहकले सात दिन भ्यालिडिटी रहेको रु. १५० मा ५ जीबी डेटा वा रु. २०० मा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् । यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको सात दिनभित्र फेरि सोही प्याक खरिद गरेमा १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्नेछन् ।

डबल मजा प्याक खरिद गर्न एष्ट्रिक्स१७१२३ह्यास डायल गर्नुपर्छ । साथै हालै अपडेट गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत पनि यो प्याक किन्न सकिन्छ ।

थप परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रही रहन ठूलो सहयोग पुग्ने एनसेलको विश्वास छ ।

''प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जतिपटक पनि यो प्याक खरिद गरी सञ्चित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन सक्छन्,'' कम्पनीले भनेको छ ।
 
सात दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । 
त्यसैगरी रु. ८८८ को प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।   
 
यसैबीच एनसेलले कर सहित रु. २२० मा सात दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन् । 

पछिल्लो अध्यावधिक: माघ २४, २०८० १९:५७