close

नेपाली ब्रान्ड ‘अलेवा’ को रेन्जर स्मार्टवाच सार्वजनिक, सुरुवाती ग्राहकलाई १ हजार छुट

टेकपाना टेकपाना

माघ २६, २०८० १९:४७

नेपाली ब्रान्ड ‘अलेवा’ को रेन्जर स्मार्टवाच सार्वजनिक, सुरुवाती ग्राहकलाई १ हजार छुट

काठमाडौं । नेपाली ब्रान्ड अलेवाले स्मार्टवाच सार्वजनिक गरेको छ । शुक्रवार एक कार्यक्रम गर्दै कम्पनीले रेन्जर स्मार्टवाच सार्वजनिक गरेको हो । १.४३ इन्च एमोलेड डिस्प्ले भएको यो स्मार्टवाटको रेजोलुसन ४६६*४६६ पिक्सेल छ भने ८०० निट्स ब्राइटनेस रहेको छ । यसले आईपी ६८ रेटिङ पाएको छ ।

स्ट्यान्डबाई मोडमा यो स्मार्टवाच ३० दिनसम्म टिक्ने कम्पनीको दाबी छ । लगातारको प्रयोगमा भने ब्याट्री सात दिनसम्म टिक्ने बताइएको छ । ३५० ओटा वाच फेस भएको यो स्मार्टवाचलाई फिटक्लाउड प्रो एपमार्फत कन्ट्रोल गर्न सकिन्छ । यसले ब्लुटुथ कल पनि सपोर्ट गर्छ ।

एआई भ्वाइस असिस्टेन्ट समेत रहेको यो वाचमा हेल्थ मनिटरिङ र साइन्टिफिक एक्सर्साइज डेटाको सुविधा दिइएको छ । यसमा ग्र्याभिटी सेन्सर र एनएफसी सपोर्ट सिस्टम छ । 

एन्ड्रोइड ४.० र आईफएस ९.० भन्दा माथिका ओएस अपडेट भएका सबै डिभाइसमा यसलाई कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले भ्वाइस कन्ट्रोल, इन्फरमेसन स्क्रिन अल्वेज अन, पासवर्ड अनलकिङ, फिमेल पिडियड साइकल मनिटरिङ जस्ता फिचर प्रयोग गर्न सक्छन् ।

त्यस्तै यो स्मार्टवाचमा कस्टम डायल, वेदर फोरकास्ट, म्युजिक कन्ट्रोल, स्टेप काउन्टिङ, हर्ट रेट, स्लिप साइकल मनिटरिङ जस्ता काम गर्न सकिन्छ । यसलाई कम्पनीले छ महिनाको वारेन्टि दिएको छ । सार्वजनिक भएको विशेष उपलक्ष्यमा कम्पनीले दराजमा विशेष अफर दिन लागेको जनाएको छ । ग्राहकले १८ फेब्रुअरीसम्म चार हजार ९९९ रुपैयाँ पर्ने यो स्मार्टवाच तीन हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

सुरुवाती ५० ग्राहकलाई भने तीन हजार ४९९ रुपैयाँमा यो स्मार्टवाच उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अवधीमा रेन्जर स्मार्टवाच खरिद गर्ने ग्राहकमध्ये एक जनाले हरेक साता एउटा ड्रिपपड्स इयरबड उपहार पाउनेछन् । दराजमा यो स्मार्टवाच खरिद गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८० १७:१