close

अल्टिमाको नयाँ ब्लुटुथ स्पिकर बजारमा आउँदै, सुरुवाती ग्राहकलाई १२ सय छुट

टेकपाना टेकपाना

फागुन ३, २०८० १५:०

अल्टिमाको नयाँ ब्लुटुथ स्पिकर बजारमा आउँदै, सुरुवाती ग्राहकलाई १२ सय छुट

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमाले बजारमा नयाँ ब्लुटुथ स्पिकर सार्वजनिक गर्ने भएको छ । कम्पनीले आउँदो सोमबार ‘अल्टिमा रक’ (Ultima Rock) नामको ब्लुटुथ स्पिकर सार्वजनिक गर्न लागेको हो ।

गुणस्तरीय साउन्डको अनुभवका लागि स्पिकरमा १२ वाटको आरएमएस स्टेरियो साउन्ड आउटपुट राखिएको छ । कम्पनीले यो स्पिकर एक पटकको चार्जमा १२ घन्टा टिक्ने दाबी गरेको छ, जसले गर्दा यसलाई विभिन्न इनडोर तथा आउटडोर कार्यक्रममा प्रयोग गर्न सकिन्छ ।

यसले आईपीएक्स फाइभ रेटिङ पाएको छ । त्यसैले विभिन्न किसिमका पार्टी तथा कार्यक्रममा यसलाई प्रयोग गर्न सकिन्छ । यसलाई ब्लुटुथमार्फत अन्य विभिन्न डिभाइसमा कनेक्ट गर्न सकिन्छ । त्यसको विकल्पमा एयूएक्स पोर्ट पनि दिइएको छ । यदि एसडी कार्ड मात्र राखेर म्युजिक प्रयोग गर्न चाहनुहुन्छ भने यसमा त्यसको सुविधा पनि छ । 

यसमा भोल्युम, प्लेब्याक र कल व्यवस्थापनका लागि विभिन्न कन्ट्रोल बटन राखिएको छ । यसमा राखिएको आरजीबी लाइटले रातको समयमा स्पिकरको लुक्स स्तरीय बनाउने कम्पनीले उल्लेख गरेको छ ।

सोमबारदेखि उपलब्ध हुने यो स्पिकर ग्राहकले अल्टिमाको आधिकारिक साइट,  दराज लगायत अन्य विभिन्न अफलाइन स्टोरबाट खरिद गर्न सक्नेछन् ।

यसको बजार मूल्य तीन हजार ९९९ रुपैयाँ कायम गरिएको छ । सुरुवाती ग्राहकले यसलाई १२०० रुपैयाँ छुट अर्थात् दुई हजार ७९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यस्तै अल्टिमाको स्पेसल बन्डल अफर अन्तर्गत ग्राहकले सात हजार ९९८ रुपैयाँ कायम गरिएको दुई ओटा स्पिकर चार हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

अल्टिमा रक खरिदमा ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी र एक वर्षको ब्रान्ड वारेन्टी पाउन सकिने कम्पनीले जनाएको छ । 

यो स्पिकर डिजिटल वालेट आइएमई पे र ईसेवा एपबाटै खरिद गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । त्यस्तै अफलाइन स्टोरहरू हुकुट, ब्रदरमार्ट र नियाे स्टोरमा गएर पनि स्पिकर खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८० १७:४