close

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?

टेकपाना टेकपाना

फागुन ६, २०८० १५:१८

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले हालै नेपाली उपभोक्तामाझ यो फाइभजी स्मार्टफोन भित्र्याएको हो । 

फोन ९० हर्ज रिफ्रेस रेट सहित ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित वन यूआई सिक्सबाट चल्ने फोनमा मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस (६ एनएम) चिपसेट राखिएको छ । 

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्राे लेन्स रहेको छ । त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । कम्पनीले यसमा २५ वाटको वायर्ड चार्जिङ सहित ५००० एमएएच*को ब्याट्री दिएको छ । 

नेपाली बजारमा ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा यो फोन किन्न सकिन्छ, जसकाे मूल्य क्रमशः रु. २७,९९९, रु. २९,९९९ र रु. ३३,९९९ तोकिएको छ ।

(*फोनको ब्याट्री ५००० एमएएच क्षमताको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १६:२०