close

आईफोन १४ को ओलेड स्क्रिन सहित सस्तो मूल्यमा ‘आईफोन एसई’ आउँदै

टेकपाना टेकपाना

फागुन ६, २०८० १५:४८

आईफोन १४ को ओलेड स्क्रिन सहित सस्तो मूल्यमा ‘आईफोन एसई’ आउँदै

काठमाडौं । आईफोन १४ को ओलेड स्क्रिन राखेर एप्पलले २०२५ मा आईफोन एसई ल्याउने चर्चा चलेको छ । ‍आईफोन लाइनअपहरू मध्ये सबैभन्दा सस्तो रहेको आईफोन एसईमा एप्पलले पहिलो पटक ओलेड स्क्रिन ल्याउन लागेको हो ।

२०१६ मा पहिलो पटक सार्वजनिक भएको आईफोन एसई त्यसपछि २०२० र २०२२ मा बजारमा आएको थियो । तर ती सबै संस्करणमा एप्पलले एलसीडी प्यानल राखेको थियो । अब भने आईफोन एसईले नयाँ अपडेट पाउने छ ।

नयाँ डिस्प्ले प्रविधि राखेपनि पञ्च होल सहितको डाइनामिक आइल्यान्ड भने यस मोडेलमा नहुने बताइएको छ । यद्यपि आईफोन १४ को नच डिजाइन आईफोन एसईमा देख्न पाइने छ ।

त्यस्तै आईफोन एसईमा प्रयोग हुने प्यानल आईफोन १३ र आईफोन १४ मा भएको जस्तै हुने बताइएको छ ।

आईफोन एसईमा ६.१ इन्चको ११७०*२५३२ रेजाेलुसन भएको स्क्रिन हुने अनुमान छ । त्यसमा अधिकतम १२०० निट्ससम्मको ब्राइटनेस हुने र सेरामिक सिल्ड ग्लास पनि चर्चा छ । तर यी कुरा भने पुष्टि हुन बाँकी छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १५:४८