close

तपाईंको विन्डोज ल्यापटपको ब्याट्री कस्तो अवस्थामा छ ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

फागुन १०, २०८० १३:३१

तपाईंको विन्डोज ल्यापटपको ब्याट्री कस्तो अवस्थामा छ ? यसरी चेक गर्नुहोस्

 

काठमाडौं । ब्याट्रीबाट चल्ने उपकरणहरू सधैंभर चलिरहँदैनन् । विन्डोज ल्यापटपमा यसका लागि ब्याट्री रिपोर्ट भन्ने फिचर छ, जसले तपाईंको ब्याट्री अझै चल्छ अथवा त्यो आफ्नो अन्तिम क्षणमा रहेको छ भन्ने विषय छुट्याइदिन्छ ।

यसका लागि तपाईंले एउटा साधारण कोडको लाइन हान्नुपर्ने हुन्छ । उक्त रिपोर्टले तपाईंको ड्राइभमा सेभ भएर बसेको एचटीएमएल फाइलमा लिएर जानेछ, जसले तपाईंलाई ब्याट्री प्रयोग सम्बन्धी डेटा, क्षमताको इतिहास र अनुमानित आयु देखाउनेछ । यदि ब्याट्री फेर्नुपर्ने अवस्थामा छ भने यो रिपोर्टले तपाईंलाई उक्त ब्याट्री पूर्णतः विफल हुनु अगावै तपाईंलाई जानकारी दिनेछ । आज हामी तपाईंलाई सुरुमा ब्याट्रीको रिपोर्ट कसरी निकाल्ने बारे बताउँदै छौं । 

विन्डोज १० मा ब्याट्री रिपोर्ट तयार पार्नः 

यसका लागि तपाईंलाई विन्डोज पावरशेल आवश्यक पर्छ, कमान्ड लाइन टुलमा बिल्ट-इन रहेको यसलाई सायद तपाईंले यसअघि कहिल्यै प्रयोग नगरेको हुन सक्छ

 त्यसमा पुग्नका लागि सबैभन्दा सजिलो उपाय स्टार्ट आइकनमा राइट-क्लिक गर्नुहोस् र त्यहाँ देखिने मेनुबाट विन्डोज पावरशेल (एड्मिन) छान्नुहोस् । पप-अप हुने एउटा विन्डोले तपाईंलाई यहाँनिर तपाईंको डिभाइसमा परिवर्तन गर्ने अनुमति माग्न सक्छ; “Yes” मा क्लिक गर्नुहोस् । 

अब निलो रङ्गमा देखिने पावरशेल कमाउन्ड देखिनेछ, जहाँ तपाईंले विन्डोज १० मा निश्चित काम अटोमेट गर्न कमान्ड इन्टर अर्थात् राख्न सक्नु हुन्छ । पावरशेल विन्डोमा तल दिइएको कमान्ड टाइप गर्नुहोस् र इन्टर बटन थिच्नुहोस् ।

powercfg /batteryreport /output "C:\battery-report.html"  

यो कोडको पहिलो भागले ब्याट्री रिपोर्ट रहेको  एउटा एचटीएमएल फाइल तयार पार्नेछ । त्यस्तै उद्धरणभित्र रहेको दोस्रो भागले उक्त फाइल तपाईंको कम्प्युटरमा कता गएर सेभ हुने भन्ने कुरा निर्देशित गर्छ ।

उदाहरणमा battery-report.html नाम गरिएको फाइल सी ड्राइभमा सेभ भएको देख्न सक्नु हुन्छ । अब तपाईंले सुरक्षित रूपमा पावरशेल बन्द गर्न सक्नु हुन्छ ।

यति गरिसकेपछि फाइल एक्सप्लोरर खोल्नुहोस् र सी ड्राइभमा जानुहोस् । त्यहाँ तपाईंले एचटीएमएल फाइलको रूपमा सेभ भएको ब्याट्री लाइफ रिपोर्ट फेला पार्नु हुनेछ । आफ्नो डिफल्ट वेब ब्राउजरमा फाइल खोल्नका लागि त्यसमा दुई पटक क्लिक गर्नुहोस् ।

विन्डोज ११ का लागिः

यो प्रक्रिया विन्डोज ११ मा समेत समान किसिमकै छ । सुरुमा स्टार्ट आइकनमा राइट-क्लिक गर्नुस्, तर त्यसपछिको लागि भने विन्डोज टर्मिनल (एड्मिन) छनोट गर्नुहोस् । तपाईंको डिभाइसमा परिवर्तनका लागि अनुमति माग्ने विन्डोज पप-अप भएपछि "Yes" मा क्लिक गर्नुहोस् । 

यसबाट विन्डोज टर्मिनल खुल्नेछ । यो एउटा ट्याब्ड टर्मिनल इमुलेटर हो, जसले पावरशेल, कमान्ड प्रोम्प्ट र अन्य कमान्ड-लाइन प्रोग्राम रन गर्न सक्छ । पावरशेल डिफल्ट रूपमा नै खुल्नेछ, त्यसैले तल दिइएको कोड राखेर इन्टर थिच्नुहोस् । 

powercfg /batteryreport /output "C:\battery-report.html"

एक पटक कमान्ड राखेर थिचिसकेपछि पावरशेलले तपाईंलाई तयार पारेको ब्याट्री लाइफ रिपोर्टको नाम र त्यो तपाईंको कम्प्युटरमा कहाँ सेभ भएर बसेको छ भन्ने कुरा बताउनेछ । यहाँ तपाईंले त्यसको नाम battery-report.html रहेको र त्यो सी ड्राइभमा सेभ भएको देख्न सक्नु हुन्छ । तपाईंले अब विन्डोज टर्मिनल बन्द गर्न सक्नु हुन्छ ।

 

यति गरिसकेपछि फाइल एक्सप्लोरर खोल्नुहोस् र सी ड्राइभमा गएर ब्याट्री रिपोर्ट हेर्नुहोस् । 

ब्याट्री रिपोर्ट हेर्नुहोस्

रिपोर्टमा तपाईंले आफ्नो ल्यापटपको ब्याट्री हेल्थको विवरण देख्न सक्नु हुन्छ; त्यसले कत्तिको राम्रोसँग काम गरिरहेको छ, र त्यो कति लामो समयसम्म चल्न सक्छ भन्ने कुरा थाहा पाउन सक्नु हुन्छ । ब्याट्री रिपोर्टको सुरुमा तपाईंले ब्याट्री स्पेकसहित आफ्नो कम्प्युटरको  आधारभूत जानकारी देख्न सक्नु हुन्छ । 

रिसेन्ट युजमा तपाईंको ल्यापटप ब्याट्रीमा अथवा एसी पावरमा लगाइएको अवस्थामा चलेको प्रत्येक समय देख्न सक्नु हुन्छ । ब्याट्री युज खण्डमा चाहिँ पछिल्लो तीन दिनको ब्याट्री ड्रेन ट्रयाक गरिएको गरिएको हुन्छ । त्यस्तै युज हिस्ट्री खण्डमा चाहिं ब्याट्री प्रयोग सम्बन्धी सम्पूर्ण इतिहास हेर्न सक्नु हुन्छ । 

ब्याट्री क्यापासिटी हिस्ट्री खण्डले समयक्रमसँगै ब्याट्री क्षमता कत्तिको परिवर्तन भएको छ भन्ने कुरा देखाउँछ । दायाँतर्फ रहेको डिजाइन क्यापासिटी अर्थात् ब्याट्री कति पावर दिने गरी डिजाइन गरिएको थियो भन्ने विषय हो । बाँयाँतर्फ फुल चार्ज क्यापासिटी देख्न सक्नु हुन्छ, जहाँ तपाईंले ब्याट्री फुल चार्जमा हुँदाको वर्तमान क्षमता  देख्न सक्नु हुन्छ । जसले ल्यापटप प्रयोग गरेको समय बढ्दै जाँदा घट्दै गएको क्षमता देखाउँछ । 

त्यसपछि आउँछ, ब्याट्री लाइफ इस्टिमेट्स खण्ड । त्यसको दायाँतर्फ तपाईंले डिजाइन क्षमता र बाँयातर्फ वास्तवमा त्यो कति समयसम्म चल्न सक्छ भन्ने जानकारी पाउनु हुनेछ । हालको अर्थात् अन्तिम ब्याट्री इस्टिमेसन रिपोर्टको अन्तिममा देख्न सक्नु हुन्छ । 

यो अवस्थामा हाम्रो पीसी ६ घण्टा २ मिनेट तीन सेकेन्ड चल्नेगरी डिजाइन गरिएकोमा अहिले आएर ४ः५२ मिनेट ४४ सेकेन्डसम्म मात्रे चल्ने अवस्थामा छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० १३:३१