close

अवैध अन्तर्राष्ट्रिय कल र एमएमएस बाइपास गर्ने २ जना पक्राउ

टेकपाना टेकपाना

फागुन ११, २०८० १८:२

अवैध अन्तर्राष्ट्रिय कल र एमएमएस बाइपास गर्ने २ जना पक्राउ

काठमाडौं । अवैध अन्तराष्ट्रिय  कल र एमएमएस बाइपासमा प्रयोग गरिएका डिभाइस सहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले शुक्रवार कास्कीबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पर्सा मधुवन घर भई पोखरा बस्दै आएका ३७ वर्षीय विशाल साह कलवार र रूपन्देही लुम्बिनी घर भई पोखरा बस्दै आएका २५ वर्षीय इमरान अहमद खान रहेका छन् । 

ब्यूरोका अनुसार कार्यालयलाई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (VOIP) सञ्चालन गरिरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएको थियो । त्यसैको आधारमा अनुसन्धानमा खटिएको टोलीले पोखरा महानगरपालिका वडा नं.११ सिद्देश्वरमार्ग स्थित विशाल गौतमको तीन तले घरको कोठामा उक्त कार्य सञ्चालन भइरहेको भन्ने पत्ता लाग्यो ।

ब्यूराेका अनुसार सो घरमा विशाल साह कलवारले भाडामा लिई १२८ पोर्ट क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कल बाइपास गरिरहेको अवस्थामा पक्राउ गरिएकाे हाे ।

उनीहरूबाट दुई थान ६४ पोर्टको भीओआईपी गेटवे, वाई-फाईको राउटर, प्रयोग नभएका २०९ ओटा एनसेलका सिम, ३८५ ओटा सिमकार्ड सहितका कार्ड होल्डर, २८० ओटा ब्लक गरिएका सिम र १२८ ओटा सिम होल्डर बरामद गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १८:९