काठमाडौं । एसएमएस सेवाप्रदायक स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘महिला उद्यमशीलता अभियान’ घोषणा गरेको छ । यस अभियानमार्फत कम्पनीले आफ्नो एसएमएस मार्केटिङ प्लेटफर्ममा महिलालाई लक्षित गर्दै विशेष छुटका साथै व्यक्तिगत परामर्श सेवाहरू प्रदान गर्ने भएको छ ।
कम्पनीका अनुसार महिला उद्यमीहरूले स्प्यारो एसएमएसका सेवाहरूमा ८० प्रतिशतसम्मको छुट पाउनेछन् । साथै एसएमएस मार्केटिङबारे पनि निःशुल्क परामर्श लिन सक्नेछन् ।
स्प्यारो एसएमएस सेवाको बल्क एसएमएस सेवा मार्केटिङ साना तथा मध्यम वर्गीय उद्यम र उद्यमीहरूका लागि उपयोगी हुने कम्पनीको भनाइ छ । महिला उद्यमीले यो अभियानबाट आफ्नो व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्नसक्ने कम्पनीले जनाएको छ ।