close

१५ चैतभित्र इन्जिनियरिङ लाइसेन्स नवीकरण गर्न परिषद्को आह्वान

टेकपाना टेकपाना

चैत ३, २०८० १५:२२

१५ चैतभित्र इन्जिनियरिङ लाइसेन्स नवीकरण गर्न परिषद्को आह्वान

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले व्यावसायिक इन्जिनियर प्रमाणपत्रको नवीकरण गर्न आह्वान गरेको छ ।

व्यावसायिक इन्जिनियर वर्गमा दर्ता भई पाँच वर्ष पुगेका इन्जिनियरहरूलाई नवीकरण गर्न परिषद्ले सूचना जारी गरेको हो ।

सूचना अनुसार १५ चैतभित्र नवीकरण गरिसक्नु पर्नेछ ।

यसका लागि आवेदकले तोकिए बमोजिमको ढाँचामा र नवीकरण शुल्क १० हजार सहितको बैंक भौचर सहित परिषद्मा निवेदन बुझाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८० १५:२२