close

इन्टरनेटमा के गरौं गरौं हुन्छ ? हेर्नुहोस् यी वेबसाइट

टेकपाना टेकपाना

चैत ६, २०८० १४:२२

इन्टरनेटमा के गरौं गरौं हुन्छ ? हेर्नुहोस् यी वेबसाइट

काठमाडौं । इन्टरनेटले संसारलाई परिवर्तन गरेकोमा कुनै सन्देह छैन । यसले सबै क्षेत्रलाई नयाँ आकार दिएको छ ।  इन्टरनेटले गरेको सबैभन्दा ठूलो परिवर्तन समय बिताउने तरिकामा हो । तर कहिलेकाहीँ इन्टरनेट चलाएर मात्र बस्दा अब के गरौं गरौं भन्ने लाग्न सक्छ ।

आज हामी त्यस्तो समयमा प्रयाेग गर्न सकिने केही वेबसाइटबारे जानकारी दिँदैछौं । यी वेबसाइट चलाउँदा रमाइलो हुनुका साथै ज्ञान पनि लिन सकिन्छ ।

१. विन्डो स्वाप  (WindowSwap)

यस वेबसाइटबाट तपाईंले संसारका विभिन्न ठाउँमा रहेका झ्यालबाट देखिने दृश्य हेर्न सक्नुहुन्छ । झ्यालमा बसेर हेर्दा जस्तो देखिन्छ, त्यस्तै देखिनु वेबसाइटको आकर्षण हो ।

तपाईं आफूले पनि आफ्नो झ्यालबाट देखिने दृश्य पोस्ट गर्न सक्नुहुन्छ । यसका लागि झ्यालबाट देखिने १० मिनेटको भिडिओ खिचेर वेबसाइटमा अपलोड गर्नुपर्ने हुन्छ । 

वेबसाइटमा आफूले चाहेको स्थानको झ्यालबाट देखिने दृश्य हेर्न भने तपाईंले मानिस पाँच डलर तिर्नुपर्छ । नि:शुल्कै चलाउँदा पनि तपाईंले बुकमार्क, प्लेलिस्ट, लुप लगायतका फिचर प्रयोग गर्न पाउनुहुन्छ ।

यसमा झ्यालको दृश्य हेर्न ‘ओपन अ न्यू विन्डोज’ ट्याबमा क्लिक गर्नुपर्छ । जुन स्क्रिनको मध्य भागमा हुने गर्छ । यसको राम्रो पक्ष, तपाईंले जति पटक स्क्रिन रिफ्रेस गर्नुहुन्छ, त्यति नै पटक नयाँ झ्याल देखिन्छ । 

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

२. ट्राइप्याप  (Trypap) 

निकै सामान्य डिजाइन भएको यो वेबसाइटको काम हामीले राख्ने विभिन्न अकाउन्टको पासवर्डको सुरक्षा बारेमा जानकारी दिनु हो । कुनै पनि पासवर्ड वेबसाइटमा टाइप गर्न साथै कति बलियो छ भन्ने सन्देश निकै व्यङ्ग भाष्यमा देखिने गर्छ । 

साइटमा पासवर्ड लेख्ने ठाउँ माथिल्लो भागमा दिइएको छ । त्यहाँ टाइप गरिएका पासवर्डका आधारमा नतिजा भने अलि ठूलो अक्षरमा तल्लो भागमा देखिन्छ । यद्यपि नयाँ पासवर्ड राख्दा यसलाई नै आधार बनाउनु भने हुँदैन । किनकी यसले निश्चित ढाँचाका आधारमा पासवर्ड कमजोर छ या बलियो बताउने गर्छ । 

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

३. पोइन्टर- पोइन्टर (Pointer - Pointer) 

नामजस्तै यो वेबसाइटको काम तपाईंले क्लिक गरेको स्क्रिनको भागमा औंलाले इङ्गित गर्नु हो । वेबसाइट खोल्नासाथ कालो रङ्गको स्क्रिनमा 'प्लिज मुभ योर पोइन्टर' भन्ने सन्देश देखिन्छ । 

जब तपाईंले आफ्नो माउस अथवा औंलाले स्क्रिनको कुनै भागमा थिच्नुहुन्छ, त्यहीँ आफ्नो औंलाले इङ्गित गर्दै गरेका मानिसको चित्र देखा पर्छ ।

ती मानिसहरू विभिन्न मुद्रामा हुन्छन् । उनीहरूको औंलाले भने तपाईंले क्लिक गरेको भाग देखाइरहेका हुन्छन् । त्यस्तै जब तपाईंले आफ्नो माउसको कर्सर चलाउनु हुन्छ, ती तस्वीर पनि स्वतः स्क्रिनबाट हराउँछन् ।

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

४. द नियल फन डीप सी (The Neal Fun Deep Sea)

समुद्रबारे जान्न खोजिरहनु भएको छ भने तपाईंका लागि यो वेबसाइट निकै उपयोगी हुन सक्छ । किनकी यस वेबसाइटमा समुद्रको गहिराइ अनुसार त्यहाँ बस्ने जीवहरू बारे जानकारी दिएको छ । 

तपाईं जति वेबसाइट स्क्रोल गर्दै तल जानुहुन्छ, त्यही अनुसार स्क्रिनमा समुद्रको गहिराइ बढ्दै गएको देखिन्छ । वेबसाइटमा समुद्री जीवबाहेक समुद्रको संरचना, समुद्रमुनि अहिलेसम्म फेला पारेका बस्नु, डुबेका मानव संरचना आदिबारे पनि थाहा पाउन सकिन्छ ।

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

मिनिमलिस्टिक डिजाइनमा रहेको यो वेबसाइट ध्यानसँग सम्बन्धित छ । ध्यान गरेर मनलाई शान्त पार्न यसमा गेम डिजाइन गरिएको छ । जसमा स्वेर्ल, स्विच र ब्रेक नामका तीन ओटा गेम रहेका छन् ।

तीमध्ये कुनै एकमा क्लिक गरेपछि समय छान्नुपर्ने हुन्छ । त्यसपछि सो समयका आधारमा ती गेम खेल्न सकिन्छ । ती गेमले हाम्रो समग्र मनोवैज्ञानिक स्वास्थ्यलाई सकारात्मक असर पार्ने द जेन जोनको दाबी छ ।

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

५. आई एम द क्युब (Iamthecube) 

यदि तपाईंलाई रुबिक्स क्युब मन पर्छ भने यो वेबसाइट निकै उपयोगी हुन सक्छ । सामान्य रूपमा बुझ्दा यो अनलाइन क्युब हो । किनकी यसमा वेबसाइटबाटै क्युबको रङ्ग मिलाउन, क्युबबारे जानकारी लिन जस्ता काम गर्न सकिन्छ । 

यसका लागि वेबसाइटको डिजाइन निकै आकर्षक बनाइएको छ । वेबसाइटको तल्लो भागमा स्टाइल्स, क्युबलेट्स, लेबल्स, एक्सन लगायतका विभिन्न खण्ड छन् । जहाँबाट क्युब सम्बन्धी विभिन्न गतिविधि गर्न सकिन्छ, जुन वास्तविक क्युब चलाए जस्तै हुन्छ ।

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

६. रेडियो (Radiooooo) 

अहिले इन्टरनेटले सूचना पाउने माध्यम परिवर्तन गरेपनि रेडियो लामो समयदेखि मानिसहरूसँग जोडिएको छ । चाहे खुसीको पलमा होस् या दु:खको समयमा, धेरैलाई रेडियोले सूचना/मनोरञ्जन दिएको छ । 

तर फ्रिक्वेन्सीका कारण संसारका अन्य ठाउँको रेडियो सुन्न सकिँदैन । त्यसमाथि सरल तरिकाले पुराना रेडियो कार्यक्रम सुन्न अलि मेहनत गर्नुपर्छ । यस वेबसाइटमा भने सन् १९०० देखि अहिलेसम्मका र कल्पना गरेर भविष्यको सङ्गीत समेत सुन्न सकिन्छ । 

यसका लागि वेबसाइटमा विश्वको अनलाइन मानचित्र दिइएको छ । तल्लो भागमा समयको कालखण्ड छ । अब विश्वमान चित्रको कुनै एक भागमा क्लिक गरेर त्यस समयका विभिन्न गीत/रेडियो कार्यक्रम हुन्न सकिन्छ । त्यस आवाजलाई परिमार्जन गर्न समेत सुन्न सकिन्छ । यसका लागि वेबसाइटको माथिल्लो भागमा स्लो, फास्ट, वियर्ड विकल्प दिइएको छ । 

यद्यपि यसमा सुनिने सबै गीत प्रयोगकर्ताहरूले उपलब्ध गराएका हुन् । अझ राम्रो अनुभवका लागि यसको सशुल्क भर्सन समेत रहेको छ ।

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

७. क्रोम एक्सपेरिमेन्ट्स (Stars Chrome Experiments) 

अन्तरिक्ष, ब्रमाण्ड सम्बन्धी तपाईंको रूचि छ भने यो वेबसाइट तपाईँका लागि खुराक हुन सक्छ । किनकी यसमा थ्रीडी डिजाइनसहित ब्रह्माण्डबारे बुझाइएको छ । 

वेबसाइट निकै अन्तर्क्रियात्मक छ । तपाईंले ८७ ओटा तारामण्डललाई नजिकबाट बुझ्न सकिन्छ, जसलाई आफैं जुम गर्दै हेर्न समेत सकिन्छ । वेबसाइटमा एक लाखभन्दा बढी ताराकाे स्थानबारे जानकारी दिइएको छ । 

यसमा भएका जानकारी हालसम्म उपलब्ध वैज्ञानिक ज्ञानका आधारमा बनाइएको हो । 

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

८. क्विक ड्र (Quick Draw) 

यो गुगलले बनाएको अनलाइन गेम हो । यसमा तपाईंले निश्चित समयभित्र कुनै चित्र कोर्नुपर्ने हुन्छ । तपाईंले क्यानभासमा चित्र कोरिरहँदा ती चित्र के को हुनसक्छ भनेर आवाज आइरहन्छ ।

गेममा बनाइने चित्र पहिचान गर्न गुगलले एआई प्रयोग गरेको छ । उक्त एआईले हरेक पटक चित्र बनाइरहँदा आफ्नो क्षमता पनि वृद्धि गरिरहेको हुन्छ । यसकारण यो मसिन लर्निङमा आधारित गेम पनि हो ।

तपाईंले वेबसाइट ६ ओटा चित्र बनाइसकेपछि ती सबैको एकमुस्ट नतिजा हेर्न सक्नुहन्छ । त्यसबेला तीमध्ये तपाईंले कति ओटा चित्र सही तरिकाले बनाउनु भयो त्यो हेर्न सक्नुहुन्छ । यसबाहेक यस गेमको न्यूरल नेटवर्कमा रहेका लाखौं चित्र पनि तपाईंले हेर्न सक्नुहुन्छ ।

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १५:३२