close

स्प्यारो एसएमएसको १४ वर्ष पूरा, केके दिँदैछ सेवा

टेकपाना टेकपाना

चैत ७, २०८० १५:९

स्प्यारो एसएमएसको १४ वर्ष पूरा, केके दिँदैछ सेवा

काठमाडौं । हामी धेरैले एसएलसीको नतिजा हेर्न हप्तौं कुर्नुपरेको तीतो अनुभव भोगेकाे हुनुपर्छ । पछिल्लो समय त यसमा आमूल परिवर्तन आएको छ । प्रविधिको विकाससँगै त्यसको बढ्दो उपभोगले पुराना समस्या विस्थापित हुँदै गएका छन् ।

कुनै समय पत्रिकामा प्रकाशित हुने नतिजा हेर्न हप्तौं कुर्नुपर्ने बाध्यतालाई मोबाइल एसएमएसले विस्थापित गरिदियाे । त्यसमा विभिन्न क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसमध्ये जानकी टेक्नोलोजी अन्तर्गतको मेसेजिङ सर्भिस प्रोभाइडर स्प्यारो एसएमएस पनि धेरैले सम्झिने नाम हो ।

नेपालमा म्यासेज सर्भिस उपलब्ध गराउने कम्पनीहरूमा सबैभन्दा लोकप्रिय रहेको स्पारो एसएमएस नाममा विगत १४ वर्षदेखि आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । 

आजको दिनमा स्प्यारो एसएमएस देशको सबैभन्दा ठूलो बल्क एसएमएस सेवा प्रदायक बनेको छ, जसले पाँच हजार बढी बिजनेसलाई प्रत्यक्ष रूपमा बल्क एसएमएस सेवा प्रदान गरिरहेको छ । 

यसबाहेक कम्पनीले हाल भाइबर मेसेजिङलाई कम्पनीको अर्को ठूलो प्रडक्टका रुपमा स्थापित गरिरहेको छ । नेपालमा भाइबरको आधिकारिक साझेदार भएको नाताले पनि कम्पनीले यसलाई अघि बढाएको हो । हाल कर्पोरेट हाउस तथा कम्पनीहरूले बनाउँदै आएको भाइबरको ब्लुटिकयुक्त अकाउन्ट पनि कम्पनी आफैँले बनाइदिन्छ । साथै कम्पनीले यस्ताे सेवा सरकारी निकायका साथै विभिन्न संस्थालाई उपलब्ध गराइरहेकाे छ ।

त्यस्तै स्प्याराेले अहिले ह्वाट्सएप बिजनेश मेसेजिङ, इन्टरनेसनल एसएमएस सर्भिस, मिस्ड कल लिड जेनरेसन सिस्टम, बल्क भ्वाइस कल सिस्टम, फ्ल्याश मेसेज, टेक्स्ट टु स्पीच कम्युनिकेसन्स, बट र अन्य सेवा पनि जोड्दै गएको छ ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८० १५:२२