close

अर्थमन्त्री भन्छन्ः पाँच वर्षभित्र ५ खर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात गर्छौं

टेकपाना टेकपाना

चैत ८, २०८० १४:३६

अर्थमन्त्री भन्छन्ः पाँच वर्षभित्र ५ खर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात गर्छौं

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा दिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सम्बन्धमा बोल्दै अर्थमन्त्री पुनले आईटी क्षेत्रलाई सरकारले प्राथमिकता राखेको बताएका हुन् ।

आगामी पाँच वर्षभित्र नेपालले पाँच खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नसक्ने अवस्था रहेको बताउँदै उनले स्वदेशमै आईटी क्षेत्रमा रोजगारी सिर्जना गरी कुनै अवरोध बिना स्वतन्त्र रूपमा आईटी उत्पादन निर्यात गर्न सरकारले सहजीकरण गर्ने बताए ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १४:५४