close

यसरी लुकाउनुहोस् आफ्नो आईफोनमा भएका गोप्य एप

टेकपाना टेकपाना

चैत ८, २०८० १७:२८

यसरी लुकाउनुहोस् आफ्नो आईफोनमा भएका गोप्य एप

 

काठमाडौं । आफ्नो गोपनीयतालाई ध्यानमा राख्दै मोबाइलका एपहरू हाइड गर्नु सामान्य नै भइसकेको छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि हामीले प्रयोग गर्ने गोप्य एपहरू हाइड गर्न विभिन्न अप्सनहरू छन् । एप्पलले पनि आईफोनमा यो फिचर थप गरेको छ । 

आईफोनमा कसरी हाइड गर्ने त गोप्य एप ?  

- सबैभन्दा सुरुमा तपाईँले हाइड गर्न चाहेको एपमा लङ प्रेस गर्नुहोस् । 

- यसपछि ‘remove app option’ मा ट्याप गर्नुहोस् । 

- त्यहाँ तपाईँलाई तीन ओटा अप्सन दिइनेछ; ‘delete app’, ‘remove from home screen’ र ‘cancle’ .अब ‘remove from home screen’ मा ट्याप गर्नुहोस् । 

- यदि तपाईँ एकैचोटि धेरै ओटा एप हाइड गर्न चाहनुहुन्छ भने मोबाइल स्क्रिनको कुनै पनि खाली भागमा लङ प्रेस गर्नुहोस् । यसपछि प्रत्येक एपको बायाँतिर तपाईँ एउटा ‘-’ साइन देख्न सक्नुहुन्छ । उक्त साइनमा ट्याप गर्नुहोस् र ‘remove from home screen’ मा ट्याप गर्नुहोस् । 

- यसरी हाइड गरिएको एप प्रयोग गर्न भने मोबाइलको सर्च बक्समा गएर एपको नाम टाइप गरेर एप ओपन गर्न सक्नुहुन्छ, अथवा एप लाइब्रेरीमा गएर पनि उक्त एप प्रयोग गर्न सक्नुहुन्छ ।  

हाइड गरेको एप पुन: होमस्क्रिनमा कसरी ल्याउने ? 

- आईफोनको एप लाइब्रेरीमा जानका लागि स्क्रिनलाई बायाँतिर स्क्रोल गर्नुहोस् ।

- स्क्रोल गर्दै गएपछि एप लाइब्रेरीमा पुगिन्छ । त्यहाँ तपाईँले हाइड गर्नुभएको एप पनि देख्न सक्नुहुनेछ । आफूले हाइड गरेको एपमा लङ प्रेस गर्नुहोस् र ड्र्याग गरेर होम स्क्रिनमा ल्याउनुहोस् ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १७:२८