टेकपाना
चैत १३, २०८० १७:५९
काठमाडौं । आज (मंगलवार) तीन घण्टासम्म अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली अवरुद्ध हुने भएको छ ।
एक सूचनामार्फत नेपाल प्रहरीले अपरान्ह साढे ५ बजेदखि साढे ८ बजेसम्म अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली नचल्ने जानकारी दिएको हो ।
नियमित प्राविधिक मर्मतसम्भार गर्नुपर्ने भएकाले प्रणालीको प्रयोगमा अवरोध हुने भन्दै प्रहरीले त्यसबाट पर्ने असुविधाका लागि क्षमा मागेको छ ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८० १८:०