close

गफाडी प्रतियोगिता गर्दै ‘डिग्री माइला’, तीन विजेताले अनर स्मार्टफोन पाउने

टेकपाना टेकपाना

चैत १८, २०८० १४:८

गफाडी प्रतियोगिता गर्दै ‘डिग्री माइला’, तीन विजेताले अनर स्मार्टफोन पाउने

काठमाडौं । ३० चैतदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डिग्री माइला’ले गफाडी प्रतियोगिता आयोजना गरेको छ । बाँसुरी फिल्म्सले हालै सामाजिक सञ्जालमा पोस्ट राख्दै प्रतियोगिताबारे जानकारी दिएको हो । 

“चलचित्र डिग्री माइलाको पात्र बनी आफ्नै गफ दिंदै अधिकतम तीन मिनेट सम्मको भिडिओ बनाई उपहार जित्नुहोस्,” पोस्टमा भनिएको छ । 

भिडिओ बनाइसकेपछि सहभागीले फिल्मको शीर्षक र प्रदर्शन मिति भिडिओमा राख्नुपर्नेछ । र, उक्त भिडिओ [email protected] मा पठाउनुपर्नेछ ।

फिल्म निर्माता टिमका अनुसार सहभागीले उक्त भिडिओ फेसबुकमा राखेर बाँसुरी फिल्म (Baasuri Films) लाई ट्याग गर्नुपर्नेछ । त्यस्तै बाँसुरी फिल्म्सको युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्नुपर्नेछ । भिडिओ २७ चैतसम्म पठाइसक्नुपर्ने हुन्छ ।

निर्माता टोलीका अनुसार प्रतियोगितामा पहिलो हुनेले अनर एक्स ९ बी फाइभजी, दोस्रोले अनर एक्स ८ बी र तेस्रो हुनेले अनर एक्स ७ बी पाउनेछन् । त्यस्तै उत्कृष्ट ५० जनाले फिल्मको टिकेट पनि पाउनेछन् ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८० १४:८