काठमाडौं । प्रोफेसनल डेभलपरहरूका लागि लक्षित गर्दै काठमाडौंमा ‘बिल्ड विथ एआई २०२४ः नेपाल’ नामको प्राविधिक कार्यशाला हुने भएको छ ।
गुगल डेभलपर ग्रुप (जीडीजी) काठमाडौंको आयोजनामा भोलि शनिवार एफवन सफ्ट इन्टरनेसनलको प्रधान कार्यालय पुल्चोकमा हुने कार्यक्रमको मुख्य उद्देश्य डेभलपरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को रोमाञ्चक संसारमा आफ्नो सम्भावना खोल्न मद्दत गर्नु रहेको बताइएको छ ।
यदि तपाईं प्राफेसनल डेभलपर हुनुहुन्छ भने कार्यक्रममा निःशुल्क सहभागी हुन सक्नुहुन्छ । आफ्नो नाम दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । जीडीजी काठमाडौंको युट्युब च्यानलमा समेत यो कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न सकिने छ ।