close

भ्लगर रतन कार्कीको युट्यब च्यानल ह्याक

टेकपाना टेकपाना

बैशाख ८, २०८१ ८:२०

भ्लगर रतन कार्कीको युट्यब च्यानल ह्याक

काठमाडौं । भ्लगर रतन कार्कीको युट्युब च्यानल ह्याक भएको छ । पाँच लाख ६५ हजार बढी सब्स्क्राइबर भएको उनको च्यानल शुक्रवार ह्याक भएको हो । 

ह्याकपछि च्यानलको नाम र युजरनेम परिवर्तन गरी नेपालमा प्रतिबन्धित बिटक्वाइनको प्रचार गरिएकाे थियो । यसअघि पनि उक्त च्यानल ह्याक भएको थियो ।

रतनकाे च्यानल फिर्ता ल्याउन भूमिका खेलेका साइबर सुरक्षा अनुसन्धानकर्ता किशोर उपाध्यायका अनुसार ह्याकरले सो च्यानल शुक्रबार राति ह्याक गरि गायब पारेका हुन् । ह्याक हुनुको वास्तविक कारण बाहिर आइसकेको छैन । च्यानल फिर्ता ल्याउने काम भइरहेको उपाध्यायको भनाइ छ ।

सो च्यानलमा कार्कीले भ्लग भिडिओहरू राख्दै आएका थिए । हाल जापानमा रहेका उनी त्यहीँका सामग्री भ्लगमार्फत पस्किंदै आएका थिए ।

पछिल्लो समय युट्युब च्यानल, फेसबुक पेज र टिकटक अकाउन्ट ह्याकरको निशानामा पर्ने गरेका छन् । विशेषगरी अनावश्यक लिङ्क क्लिक गर्दा, पाइरेटेड सफ्टवेयर तथा एप प्रयोग गर्दा, प्रलोभनमा परेर अरूको अकाउन्ट लिङ्क गरिदिंदा क्रियटरका अकाउन्ट बढी गुम्ने गरेको देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८१ ८:२७