close

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको क्रिकेट खेल

टेकपाना टेकपाना

बैशाख १५, २०८१ १२:३४

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको क्रिकेट खेल

काठमाडौं । नेपाल र वेस्टइन्डिजको ‘ए’ टोलीबीच आजदेखि पाँच म्याचको टी-२० सिरिज सुरु भएको छ । सिरिजको पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भइसकेको छ ।

यो सिरिजको प्रत्यक्ष प्रसारणको अधिकार कान्तिपुर टेलिभिजनले खरिद गरेको छ । ​यसअन्तर्गत कान्तिपर टिभी म्याक्सबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।

यदि तपाईँ टिभीको पहुँचमा हुनुहुन्न र अनलाइनमा खेल हेर्न चाहनुहुन्छ भने कान्तिपुर टिभीका डिजिटल प्लेटफर्महरू  वेबसाइटमाेबाइल एप वा कान्तिपर टिभी म्याक्स युट्युब च्यानल उपयुक्त हुनेछ । 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १३:२९