काठमाडौं । सरकारले अब स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख तथा सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाउने भएको छ । मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
"एकै किसिमको परीक्षण गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्नेगरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था मिलाइनेछ," नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भनेका छन् ।