close

सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट-३’ चलचित्र, अब ‘पशुपति प्रसादः भस्मे डन’ पनि आउने

टेकपाना टेकपाना

जेठ २, २०८१ १९:३३

सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट-३’ चलचित्र, अब ‘पशुपति प्रसादः भस्मे डन’ पनि आउने

 

काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म सिनेमाघरमा सस्पेन्स थ्रिलर चलचित्र‍ ‘चपली हाइट- ३' रिलिज भएको छ । हिजो १ जेठ (मङ्गलबार)मा यो चलचित्र विश्वभरबाट हेर्न सकिने गरी सिनेमाघरमा रिलिज गरेको हो ।

निर्देशक निकेश खड्का रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी बर्देवा, दीपाश्री निरौला लगायतको अभिनय छ । यो चलचित्र‍ 'चपली हाइट' को तेस्रो शृंखला हो । हलमा भने यो चलचित्र २०७८ को पुस र फागुनमा गरि दुई पटक रिलिज भएको थियो । तर त्यसबेला भएको कोभिड महामारीका कारण चलचित्रले हलमा राम्रो गर्न सकेको थिए ।

अब भने यो चलचित्र घरमै बसेर सिनेमाघरबाट हेर्न सकिने भएको हो । सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खरेलका अनुसार यो चलचित्र नेपालबाट १९९ रुपैयाँ र नेपाल बाहिरबाट दुई डलर भुक्तानी गरेर हेर्न सकिने छ ।

सन् २०१६ मा सुरु भएको सिनेमाघर एपमा २०२० देखि सब्स्क्रिप्सनको आधारमा फिल्म हेर्न सकिने फिचर ल्याइएको थियो । पछि सब्स्क्रिप्सन अनुसार कन्टेन्ट उपलब्ध गराउन नसकेपछि ‘पे पर कन्टेन्ट’ फिचर ल्याइयाे ।

अहिले यस प्लेटफर्ममा जारी, महापुरुष, कबड्डी ४, प्रेमगन्ज, दोख, मिसिङ ब्राइड, जय भोले, रोमियो एन्ड मुना, गरुड पुराण, रातो टीका निधारमा लगायतका चलचित्र आइसकेका छन् ।

यसबाहेक अब १ असारमा पशुपति प्रसाद: भस्मे डन, १ साउनमा हिजोआजका कुरा चलचित्र क्रमैसँग रिलिज हुने बताइएकाे छ ।

यस प्लेटफर्मको डाउनलोड पाँच लाख कटेको सीईओ खरेलले बताए । साथै पहिले एन्ड्रोइड र अमेजन टिभीमा सीमित रहेको एपलाई अहिले एलजी टिभी, सामसङ टिभीमा समेत विस्तार गरेको उनको जनाए ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ १९:३३