close

यी फिचर, अब तपाईँले विन्डोजमा कहिल्यै देख्न पाउनुहुन्न

टेकपाना टेकपाना

जेठ १२, २०८१ १४:१३

यी फिचर, अब तपाईँले विन्डोजमा कहिल्यै देख्न पाउनुहुन्न

काठमाडौं । माइक्रोसफ्टले नयाँ फिचरमात्रै सार्वजनिक गर्दैन । कतिपय पुराना फिचर पनि हटाइरहन्छ । धेरैलाई यस्ता फिचर हटेको पत्तो हुँदैन । त्यही अन्तर्गत माइक्रोसफ्टले विन्डोजबाट वर्डप्याडलाई पूर्ण रुपमा हटाउने घोषणा गरिसकेको छ । यस्ता अन्य धेरै सुविधा छन्, जुन अब विन्डोजमा देख्न पाइने छैन ।

वर्डप्याड

अबका नयाँ विन्डोजमा वर्डप्याड उपलब्ध हुने छैन । माइक्रोसफ्टले विन्डोजबाट यसलाई हटाउने निर्णय गरेको गत वर्ष नै हो । तर अहिलेका विन्डोज ११ को नयाँ भर्सनहरूमा वर्ड प्याड देख्न सकिन्छ । तर तिनमा अपडेट दिन भने माइक्रोसफ्टले बन्द गरिसकेको छ । वर्डप्याड चलाइरहेका प्रयोगकर्ताले अब अन्य एप्लिकेसन प्रयोग गर्नुपर्छ ।  

कोर्टना

भर्चुअल एसिस्टेन्टका रुपमा माइक्रोसफ्टले विकास गरेको कोर्टना पनि धेरै समयसम्म टिकेन । अहिले यसलाई कोपाइलट एआईले विस्थापन गरिएको छ । यदि तपाईंले पहिलेको समयमा कोर्टना चलाउनु भएको थियो माइक्रोसफ्टको कोपाइलट एआई सहजै तरिकाले चलाउन सक्नुहुन्छ ।

भीबी स्क्रिप्ट 

यदि कसैले स्क्रिप्टिङका लागि भीबीस्क्रिप्ट प्रयोग गरिरहेका छन् भने यसलाई पनि माइक्रोसफ्टले हटाउने भएको छ । यसलाई वेब पेज बनाउन प्रयोग गरिन्थ्यो । तर यसको विकल्पमा जाभास्क्रिप्ट र पावरशेल हुनेछन् । हुन त माइक्रोसफ्टले २०२० देखि नै यसमा अपडेट दिन छाडेको थियो । अब आउने विन्डोजको नयाँ भर्सनमार्फत माइक्रोसफ्टले यसलाई विन्डोजबाट सदाका लागि यसलाई हटाउन सक्ने छ । 

वेबडीएभी 

वेबक्लाइट नहुने भएकाले माइक्रोसफ्टले वेबडीएभीलाई पनि हटाउने भएको छ । यसको अर्थ कुनै पनि वेबको प्रोटोकललाई वेबडीएभीको माध्यमबाट नेटवर्क ड्राइभ्समा कनेक्ट गर्न सकिने छैन ।

विन्डोज टू गो 

पहिले विन्डोज टू गोका कारण हार्ड ड्राइभ जस्तो एक्सटर्नल स्टोरेजमा विन्डोज सेभ गरेर अन्य कम्युटरमा चलाउन सकिन्थ्यो । अब भने माइक्रोसफ्टले यो फिचर बन्द गर्ने भएको छ । अहिले माइक्रोसफ्टले यो फिचरमा सपोर्ट दिन बन्द गरिसकेको छ ।

होम ग्रुप 

माइक्रोसफ्टले होम ग्रुप, अथवा होम नेटवर्क ग्रुपमा पनि सपोर्ट बन्द गर्ने भएको छ । यदि प्रयोगकर्ताले शेयर गर्न मिल्ने होम ग्रुप बनाएका छन् भने ती कायम नै हुनेछन् । अन्यथा माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टमबाट होम ग्रुपलाई पूर्ण रुपमा हटाउने छ ।

विन्डोज मेल

माइक्रोसफ्टले विन्डोज १० र ११ दुवैबाट विन्डोज मेल एप हटाउने भएको छ  । यस एपको ठाउँमा माइक्रोसफ्टले आउटलुकको नयाँ एप राखेको छ । तर सबै ईमेल माइक्रोसफ्टको सर्भरमार्फत आदानप्रदान हुने भएकाले अहिले धेरैले यसबारे पनि नकारात्मक टिप्पणी गरिरहेका छन् ।

यी बाहेक माइक्रोसफ्ट सपोर्ट डायग्नोस्टिक टुल (एमएसडीटी), ट्रान्सपोर्ट लेयर सेक्युरिटी प्रोटोकल (टीएलएस), डब्लुमाइक डट ईएसई, पीएसआर डट ईएसई, टीएलएस लगायतका फिचर तथा प्रोग्राम पनि माइक्रोसफ्टले विन्डोज ११ को आगामी अपडेटबाट हटाउने छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ १४:१३