close

पाटन र सैंवुमा पूर्ण रूपमा हट्यो टेलिकमको कपर केबल, फाइबर सेवा लिन अनुरोध

टेकपाना टेकपाना

जेठ १२, २०८१ १७:२६

पाटन र सैंवुमा पूर्ण रूपमा हट्यो टेलिकमको कपर केबल, फाइबर सेवा लिन अनुरोध

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्ण रुपमा स्तरोन्नति गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रममा कम्पनीकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरेकी हुन् ।

सो अवसरमा निमित्त प्रबन्ध निर्देशक पहाडीले पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गर्ने कार्य कम्पनीको प्रगतिको कदम भएको उल्लेख गर्दै यस कार्यका लागि प्रयास र प्रयत्न गर्ने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिइन् । साथै उनले नेपाल टेलिकम पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि भित्र्याउने लक्ष्य प्राप्तिमा लागेकोे समेत बताइन् ।

कपर प्रविधिको पुुरानो जे–र्याक एक्सचेन्जको क्षमता करिब ३६ हजार रहेकोमा हाल पाटन कार्यालयमा एफटीटीएच नेटवर्कको लागि जडान रहेको ओएलटीको क्षमता ५३ हजार ४०० र सक्रिय ग्राहक २० हजारभन्दा बढी रहेका छन् ।

त्यसैगरी दूरसञ्चार कार्यालय, सैंवुमा तीन हजारभन्दा बढी ग्राहक छन् । एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रुपमा भइरहको छ र केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने कम्पनीले जनाएको छ । 
 

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ १७:२६