close

छुट्टै व्यावसायिक कोड नहुँदा दराज जस्ता ई-कमर्स साइटको अनुगमन गर्न कठिनाइ

टेकपाना टेकपाना

जेठ १५, २०८१ १०:१५

छुट्टै व्यावसायिक कोड नहुँदा दराज जस्ता ई-कमर्स साइटको अनुगमन गर्न कठिनाइ

काठमाडौं । कारोबारको लागि छुट्‍टै व्यावसायिक कोड नभएकाले ई-कमर्स साइटको अनुगमन गर्न कठिनाइ भएको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले कारोबारको लागि छुट्‍टै व्यावसायिक कोड नभएकोले ई-कमर्स साइटको अनुगमन गर्न कठिनाइ भएको औंल्याएको हो ।

“नेपालमा विभिन्न स्वदेशी, विदेशी, अन्तर्राष्ट्रिय ई-कमर्स साइटहरूमार्फत वस्तु तथा सेवा प्राप्त गर्न स्वदेशबाट हुने कारोबारको लागि छुट्‍टै व्यावसायिक कोड नभएकोले अनुगमन गर्न कठिनाइ भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै विदेशी साइटहरू प्रयोग गरी कारोबार गर्दा ती संस्थाहरू नेपालमा दर्ता नभएका कारणले त्यस्तो व्यावसायिक कारोबारको नियमन हुन नसकेको पनि प्रतिवेदनले जनाएको छ । यसले गर्दा वस्तु तथा सेवाको मूल्य र गुणस्तरको निगरानी प्रभावकारी हुन नसकेको महालेखाको भनाइ छ ।

यसलाई सुधार गर्न विद्युतीय व्यापारलाई स्वच्छ, गुणस्तरीय, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन कानुनी व्यवस्था गरिनु पर्ने सुझाव समेत प्रतिवेदनले दिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १०:१५