close

भिडिओ बनाउने प्रतिस्पर्धा गर्दै इन्जिनियर्स एसोसिएसन, पहिलो हुनेलाई १ लाख पुरस्कार

टेकपाना टेकपाना

जेठ १६, २०८१ १७:११

भिडिओ बनाउने प्रतिस्पर्धा गर्दै इन्जिनियर्स एसोसिएसन, पहिलो हुनेलाई १ लाख पुरस्कार

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)ले इन्जिनियर तथा आर्किटेक्टहरूबीच भिडिओ प्रतिस्पर्धा गराउने भएको छ । ६२औं इन्जिनियर दिवस मनाउने सन्दर्भमा एसोसिएसनले यस्तो प्रतिस्पर्धा गराउन लागेको हो । 

प्रतिस्पर्धाको थिम 'इनोभेटिभ इन्जिनियरिङ सोलुसन्स फर अ बेटर फ्युचर' रहेको छ । यसमा सहभागी हुन नेपाल नेपाल इन्जिनियरिङ काउन्सिलले जारी गर्ने लाइसेन्स अनिवार्य हुनुपर्ने छ ।

भिडिओमा इन्जिनियर तथा आर्किटेक्टहरूको संघर्षको कथा र गर्विलो इतिहास झल्कने विषयवस्तु समावेश गर्नुपर्ने बताइएको छ ।

त्यस्तै भिडिओ बढीमा चार मिनेट लामो हुनु पर्नेछ, जसमा नेपाली र अङ्ग्रेजी दुवै भाषा प्रयोग गर्न सकिने छ भने फर्म्याट ७२० पिक्सेल रेजोलेसनको हुनु पर्नेछ ।

यस प्रतिस्पर्धामा अधिकतम चार जनाले समूह बनेर प्रतिस्पर्धा गर्न सक्नेछन् । 

प्रतिस्पर्धामा पहिलाे हुनेले एक लाख, दाेस्राे हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रकम प्राप्त गर्नेछन् । इच्छुक सहभागीले १५ असारसम्ममा भिडिओ पठाउन सक्नेछन् । विजेताको घोषणा ३ साउनमा पर्ने इन्जिनियर्स डेकाे अवसरमा गरिनेछ ।

प्रतिस्पर्धाबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ १७:२७