close

अब अनलाइनबाटै माध्यमिक तहको समकक्षताको प्रमाण पत्र लिन सकिने

टेकपाना टेकपाना

जेठ १९, २०८१ १७:६

अब अनलाइनबाटै माध्यमिक तहको समकक्षताको प्रमाण पत्र लिन सकिने

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाण पत्र अनलाइनबाटै प्रदान गर्ने भएको छ । बिहीबारदेखि केन्द्रले औपचारिक रूपमा कक्षा १० र १२ कक्षाको अनलाइनमार्फत समकक्षता प्रदान गर्न थालेकाे हाे । 

अब ती अथवा तल्लो तहका विद्यार्थीहरूले अनलाइनमार्फत नै समकक्षता लिन सक्नेछन् ।  केन्द्रका अनुसार यस प्रणालीबाट पहिलो पटक रातो बङ्गला स्कुलबाट ए लेभल उत्तीर्ण गरेका अभीक प्रधानलाई दिइएको छ ।

यसले समकक्षता प्रमाणपत्र लिन केन्द्र धाइरहनु नपर्ने बरु छिटो र सहज रुपमा समकक्षताकाे प्रमाणप पत्र पाउन सकिने जनाएको छ । केन्द्रले १ पुस २०७९ बाटै मान्यता तथा समकक्षताको आवेदनलाई पूर्ण अनलाइन बनाएको थियो ।

अनलाइनमार्फत मान्यता तथा समकक्षताको प्रमाण पत्र लिन यहाँ क्लिक गर्नुहोस् ।
 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८१ १७:६