close

ईसेवाबाट जीवन बीमा नवीकरण गर्दा ६ जोडीलाई दुबई घुम्ने मौका

टेकपाना टेकपाना

जेठ २१, २०८१ ११:५०

ईसेवाबाट जीवन बीमा नवीकरण गर्दा ६ जोडीलाई दुबई घुम्ने मौका

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले जीवन बीमा नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘दुबई ट्रिप’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ईसेवामा आबद्ध १२ बीमा कम्पनीमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले हरेक हप्ता आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।

त्यसबाट हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौंमा एक दिन दुई रातका लागि ‘स्टेकेसन प्याकेज’ पाउनेछन् । त्यस्तै बीमा नवीकरण गर्ने पाँच भाग्यशाली विजेताले ईसेवा केयर पाउनेछन् । र, बम्परमा छ दिन पाँच रातका लागि दुबई घुम्न जाने अवसर पाउनेछन् । 

त्यस्तै विभिन्न जीवन बीमा कम्पनीको प्रिमियम शुल्क भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य उपहार पाउन सकिने ईसेवाको भनाइ छ । यो अफरका लागि २० जेठदेखि ३१ असारभित्र जीवन बीमा नवीकरण गर्ने प्रयोगकर्ता छनोट हुनेछन् । 

“सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढिरहेको समयमा, डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनीको दायित्व स्वरूप प्रयोगकर्तामा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हाैं,” ईसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमले भने, “यस अन्तर्गत प्रयोगकर्ताहरुले ईसेवा मार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहार पाउने व्यवस्था गरी प्रयोगकर्तामा डिजिटल भुक्तानीतर्फ थप उत्साह सिर्जना गर्छ भन्ने हाम्रो विश्वास छ ।” 


 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ ११:५२