close

संस्मरण पुस्तक ल्याउँदै बिल गेट्स

टेकपाना टेकपाना

जेठ २३, २०८१ १४:३६

संस्मरण पुस्तक ल्याउँदै बिल गेट्स

काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक एवं अर्बपति बिल गेट्सले संस्मरण विधाको नयाँ पुस्तक ल्याउने भएका छन् । आफ्नो गेट्स नोट्स ब्लगमार्फत उनले 'सोर्स कोड: माई बिगिनिङ्स' नामक पुस्तक ल्याउन लागेका हुन् ।

पुस्तक गेट्सको बाल्यकाल र सन् १९७५ मा माइक्रोसफ्ट स्थापना गर्नुअघिको समयसँग सम्बन्धित रहेको बताइएको छ । गेट्सका अनुसार यसमा उनको जीवन बनाउने सबै पाठ र अनुभवहरू समावेश गरिएको छ ।

त्यस्तै गेट्सले पल एलनसँग माइक्रोसफ्ट खोल्न गरेको निर्णय र त्यसपछिका घटनाक्रम पनि समावेश गर्नेछन् । साथै यो पुस्तक माइक्रोसफ्ट, गेट्स फाउन्डेसन वा प्रविधिको भविष्यको नभइ विशुद्ध व्यक्तिको कथा हुने बताइएको छ । 

गेट्सका अनुसार यो पुस्तक ४ फेब्रुअरी, २०२५ देखि मात्र बजारमा उपलब्ध हुनेछ । पाठकले पुस्तकको प्रि-अडर पनि गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८१ १५:२४