close

फेसबुकमा प्रधानमन्त्री प्रचण्डको रोलेक्स घडीको चर्चा

टेकपाना टेकपाना

जेठ २४, २०८१ ९:४१

फेसबुकमा प्रधानमन्त्री प्रचण्डको रोलेक्स घडीको चर्चा

काठमाडौं । मङ्गलबार रातिदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएको घडीको चर्चा भइरहेको छ ।  नेपाल र नेदरल्यान्डबीचको टी-२० विश्वकप खेल हेरिरहेका प्रधानमन्त्री प्रचण्डको फोटोमा देखिएको घडीलाई लिएर चर्चा भइरहेको छ । 

फेसबुकमा घडी सर्च गरेर रिसेन्ट पोस्ट सर्च गर्दा वा यहाँ क्लिक गर्दा देखिने अधिकांश पोस्टमा उक्त घडीलाई लिएर विभिन्न टीकाटिप्पणी गरेको देख्न सकिन्छ । विशेषगरी प्रधानमन्त्री प्रचण्डले लगाएको सो घडी रोलेक्स भएको र त्यसको मूल्य ८८ हजार २३६ अस्ट्रेलियन डलर (७८ लाख १३ हजार) रुपैयाँ पर्ने दाबी गरिएको छ ।

कतिपयले प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण र उक्त घडीको मूल्य भएको स्क्रिनशट राखेर आफ्नो धारणा दिएका छन् ।

सो तस्वीर प्रधानमन्त्री पुत्री गङ्गा दाहालले मङ्गलबार राति फेसबुकमा सार्वजनिक गरेकी थिइन् । फोटोमा भएको घडीलाई गुगल लेन्स मार्फत खोज्ने हो भने अधिकांश रिजल्टले रोलेक्स घडी नै भएको देखाउँछ ।

 

त्यसबाहेक घडीलाई जुम गरेर हेर्ने हो भने त्यसमा रोलेक्सको लोगो जस्तो देख्न सकिन्छ । यद्यपि फोटोको गुणस्तर उच्च नभएकाले रोलेक्सकै हो वा होइन भन्ने स्पष्ट छैन । भाइरल भएको फोटो र घडीका विषयमा भने हालसम्म प्रधानमन्त्री सचिवालयबाट कुनै किसिमको स्पष्टीकरण आएको छैन । 

रोलेक्सको सस्तो घडीको सुरुवाती मूल्य ५३०० डलर (सात लाख पाँच हजार रुपैयाँ) छ भने प्रिमियम घडीको मूल्य ३६००० डलर (करिब ४८ लाख रुपैयाँ) देखि सुरु हुने रोलेक्सको वेबसाइटमा उल्लेख छ । 

सम्बन्धित समाचार

रोलेक्स किन महँगो पर्छ ?

पछिल्लो अध्यावधिक: जेठ २५, २०८१ १३:१०