close

चिकित्सा शास्त्र स्नातक तहका लागि भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

जेठ २९, २०८१ १२:१

चिकित्सा शास्त्र स्नातक तहका लागि भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

 

काठमाडौं । चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ । एक सूचना जारी गर्दै आयोगले शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि फाराम खुलाएको हो । 

एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले ३० जेठबाट १८ असार मङ्गलबार अपरान्ह ५:०० बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । सो अवधिमा फारम भर्न छुटेका उम्मेदवारहरूले २५ असारसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।  

अनलाइन आवेदन दिन यहाँ र थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १२:१