close

राष्ट्रिय परिचयपत्र छपाइको अवस्था थाहा दिन बनाइएको वेबसाइट डाउन

टेकपाना टेकपाना

जेठ २९, २०८१ १३:३

राष्ट्रिय परिचयपत्र छपाइको अवस्था थाहा दिन बनाइएको वेबसाइट डाउन

 

काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी जानकारी दिन तयार पारिएको सिटिजन पोर्टल (CitizenPortal) नामक वेबसाइट डाउन भएको छ । राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले सञ्चालन गरेको वेबसाइट केही दिनयता निष्क्रिय​ छ । 

विभागका अनुसार वेबसाइटको मर्मतसम्भार गर्न साइटको नियमित काम रोक्का गरिएको छ । यस वेबसाइटमार्फत आफ्नो परिचयपत्र नम्बर पत्ता लगाउन अथवा परिचयपत्र छपाईंको अवस्था थाहा पाउन सकिन्छ । उपयोगी वेबसाइट डाउनलोड हुँदा अहिले सेवाग्राही मार्कामा परेका छन् ।  

यद्यपि ती सेवा विभागको टेलिफोन नम्बर र ह्वाट्सएपमार्फत लिन सकिने विभागले जनाएको छ । यसका साथै वेबसाइटको मर्मत सकिएपछि सेवा पुन: सञ्चालनमा ल्याइने विभागले जनाएको छ । 

विभागको टेलिफोन र ह्वाट्सएप नम्बर

सम्पर्क नम्बर: ०१-४२०००१४, ०१-४२११५६३ र ०१-४२००८९४ 

ह्वाट्सएप (मेसेज मात्र): ९८४७३४६४१२, ९८५१३००५२० र ९८५१३१६०३४

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १३:३