close

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत्‌भन्दा इन्टरनेट पुगेका विद्यालय धेरै

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १२:५

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत्‌भन्दा इन्टरनेट पुगेका विद्यालय धेरै

काठमाडौं । देशका तीन ओटा प्रदेशमा विद्युत्‌को तुलनामा इन्टरनेट सुविधा धेरै स्थानमा पुगेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको तथ्याङ्कमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा यस्तो अवस्था बाहिर ल्याएको हो ।

सामान्यतया इन्टरनेटका लागि विद्युत् अनिवार्य सर्त जस्तै हो । तर तथ्याङ्कले भने वैकल्पिक ऊर्जाको भरमा समेत थुप्रै स्थानमा इन्टरनेट चलिरहेको देखाएको छ । तथ्याङ्क अनुसार कर्णाली प्रदेशका ५२ प्रतिशत विद्यालयमा विद्युत् पुगेको भए पनि इन्टरनेट पहुँच रहेका विद्यालय भने ८१ प्रतिशत रहेका छन् ।

यसरी हेर्दा कर्णाली प्रदेशका २९ प्रतिशत विद्यालयमा विद्युत् नपुगे पनि इन्टरनेट भने चलिरहेको देख्न सकिन्छ । त्यस्तै विद्युत्‌भन्दा इन्टरनेट पहुँचको अन्तर बढी हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा छ, जहाँ १५ प्रतिशत विद्यालयमा विद्युत् नपुगेको भए पनि इन्टरनेट भने पुगेको छ ।

प्रदेश तहमा विद्युत् र इन्टरनेट सुविधामा पहुँच भएका विद्यालयको सङ्ख्या प्रतिशत । 

तथ्याङ्क अनुसार हाल मधेस प्रदेशमा ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको छ भने विद्युतीकरण भएका विद्यालयको सङ्ख्या भने ८० प्रतिशत मात्रै छ । उता सुदूरपश्चिम प्रदेशमा भने विद्युत् नभए पनि इन्टरनेट पुगेका विद्यालयको सङ्ख्या पाँच प्रतिशत छ ।

जहाँ ७२ प्रतिशत विद्यालयमा विद्युत् र ७७ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधाको पहुँच रहेको छ । बाँकी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भने विद्युत् पुगे पनि इन्टरनेट नपुगेका विद्यालय धेरै देखिएका छन् ।

कोशी बागमती प्रदेशका ८९ प्रतिशत विद्यालयमा विद्युत् सुविधा छ । तर इन्टरनेटको पहुँच भने ६९ प्रतिशत विद्यालयमा मात्रै छ । यस हिसाबले बागमती प्रदेशका २० प्रदेशका २० प्रतिशत विद्यालय त्यस्ता छन्, जहाँ विद्युत् छ तर इन्टरनेको पहुँच भने पुग्न बाँकी छ ।

गण्डकी प्रदेशमा त्यस्ता विद्यालयको सङ्ख्या १४ प्रतिशत र कोशी प्रदेशमा सात प्रतिशत रहेको छ । तथ्याङ्क अनुसार गण्डकीमा विद्युत् सुविधा भएका विद्यालय ८९ प्रतिशत र इन्टरनेट पुगेका विद्यालय ७५ प्रतिशत रहेका छन् ।

कोशीमा भने ८२ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको भए पनि विद्युत् सुविधा युक्त विद्यालयको सङ्ख्या ८९ प्रतिशत देखिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १२:५