close

प्रयोगकर्तालाई भिडिओमा नोट राख्न दिने फिचर ल्याउँदै युट्युब

टेकपाना टेकपाना

असार ४, २०८१ १४:०

प्रयोगकर्तालाई भिडिओमा नोट राख्न दिने फिचर ल्याउँदै युट्युब

 

काठमाडौं । भिडिओलाई थप सान्दर्भिक बनाउन युट्युबले प्रयोगकर्तालाई नोट लेख्न दिने भएको छ । टिप्पणी (कमेन्ट) सरह काम गर्ने यस फिचरमार्फत दर्शकहरूले भिडिओमा थप सूचना दिन सक्नेछन् । 

गुगलले यस फिचरको नाम 'नोट्स' राखेको छ । यसले केही हदसम्म ‘फ्याक्ट-चेक’ सरह काम गर्नेछ । किनकि यसले भिडिओ प्यारोडी हो वा वास्तविक, घटनाको फुटेज नयाँ हो/कि पुरानाे भनेर स्पष्ट पार्नेछ ।

याे कुरा भने युट्युब प्रयोगकर्ताले (कन्ट्रिब्युटर)‍ लेख्नेछन् । हाललाई कन्ट्रिब्युटरको संख्या सीमित गरेको तथा उनीहरूले लेखेको कुरा अरूले पनि जाँच गर्ने बताइएको छ । त्यसक्रममा कन्ट्रिब्युटरले लेखेका सत्य भेटिए सो कुरा भिडिओको मुनि देखिने छ । यसका लागि 'भ्युअर्स एडेड अ नोट' भन्ने सेक्सन नै आउने छ । 

युट्युबका अनुसार कन्ट्रिब्युटर बन्न छ महिनाभन्दा पुराना अकाउन्ट, एक वर्षसम्म कम्युनिटी गाइडलाइन नतोडेका र एक वा एकभन्दा बढी व्यक्तिले नचलाएका अकाउन्टहरूमा इन्भिटेसन आउने छ । यस फिचरले गलत सूचना दिइरहेको भिडिओबारे सजग बनाउने विश्वास गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८१ १४:०