काठमाडौं । एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको वेबसाइटमार्फत हवाई टिकेट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । कतार एयरवेजसँग साझेदारी गर्दै बैंकले आफ्ना ग्राहकका लागि यो सुविधा उपलब्ध गराएको हो ।
छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा ग्राहकले अनलाइन प्रोमो कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । साथै कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बताइएको छ ।