close

डिजिटल भुक्तानी प्रवर्द्धन गर्न सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ रिवार्ड्स’ योजना

टेकपाना टेकपाना

असार ७, २०८१ १०:५०

डिजिटल भुक्तानी प्रवर्द्धन गर्न सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ रिवार्ड्स’ योजना

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ रिवार्ड्स’ योजना ल्याएको छ । डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक यस्तो रिवार्ड्स’ योजना ल्याएको हो ।

सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैकिङ गरिने भुक्तानीको टपअपको आधारमा रिवार्ड्स पोइन्ट्स प्राप्त गर्ने बैंकले जनाएको छ । रिवार्ड्स पोइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा, इन्टरनेट बिल पेमेन्ट लगायत सेवा लिए बापतको भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यस योजनाले ग्राहकको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुग्ने बैंकको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १८:५६