यस्ता डिपफेक एपहरूले जेनेरेट गरिरहेका सामग्रीले पछिल्लो समय सामाजिक विकृति बढाइरहेका छन् । सामान्य प्रयोगकर्ताले मनोरञ्जन वा प्रयोगका लागि प्रयोग गरेजस्तो देखिए पनि यी एपमार्फत महिलाको शरीरलाई वस्तुजस्तो प्रस्तुत गरिनु, यौनिक सन्दर्भमा प्रयोग गरिनु र कृत्रिम रूपमा उत्तेजक दृश्य बनाइनुले समाजमा गलत सोच र दृष्टिकोण बढाउने खतरा छ । विशेषगरी किशोर–किशोरीहरू यस्ता सामग्रीप्रति आकर्षित हुँदा उनीहरूमा यौनिकताप्रति विकृत धारणा बस्ने सम्भावना रहन्छ । यसले महिलाप्रतिको सम्मान घटाउने मात्र नभई डिजिटल उत्पीडन र साइबर अपराधको जोखिम पनि बढाउने विश्लेषण गरिएको छ । यस्ता प्रविधिले सिर्जना गर्ने दृश्यहरू यथार्थजस्तो देखिए पनि वास्तविकता नहुँदा झूटको सहारा लिएर चरित्रहत्या वा बदनाम गर्नेसम्मका घटना हुनसक्ने देखिन्छ ।
थरीथरीका डिपफेक एपः कपाल रङ्गाउने, ठुला स्तनसँगै हिप हल्लाइरहेको देखाउने, बिकिनी लाइदिने
