close

एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म नि:शुल्क अपरेटिङ सिस्टम अपग्रेड आउने

टेकपाना टेकपाना

असार ११, २०८१ ९:४५

एलजी स्मार्ट टिभीमा ५ वर्षसम्म नि:शुल्क अपरेटिङ सिस्टम अपग्रेड आउने

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड दिने घोषणा गरेको छ ।

कम्पनीले एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी अब्जेक्ट कलेक्सन पोसेका साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी९९/९५ सिरिज) को प्रत्येक मोडेलमा नयाँ वेब ओएस अपग्रेड ल्याएको हाे । जसले प्रयोगकर्ताहरूलाई अर्को पाँच वर्षको लागि नयाँ टिभी अनुभव दिनेछ ।

यो अपग्रेड भविष्यमा विश्वभरका अन्य एलजी टिभीहरूमा समेत विस्तार गरिने बताइएको छ । नयाँ वेब ओएसको होम स्क्रिनले प्रयोगकर्तालाई रोजाइ अनुसारका सामग्री सिफारिस गर्ने बताइएको छ ।

एलजी वेब ओएसको रिन्यु प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र २०२३ देखिका यूएचडी टिभीहरूमा पनि लागु हुनेछ । जसमा आगामी पाँच वर्षसम्म नि:शुल्क अपग्रेड आउनेछ । 

एलजीले नेपालमा पनि विगत ३६ वर्ष देखि आफ्ना उत्पादन बिक्री गर्दै आइरहेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स एलजी ब्राण्डका लागि नेपालको आधिकारिक वितरक हो ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २१:३०