close

३० वर्ष मुनिका पाँच विद्यार्थी उद्यमी सम्मानित

टेकपाना टेकपाना

असार १२, २०८१ १७:१९

३० वर्ष मुनिका पाँच विद्यार्थी उद्यमी सम्मानित

 

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका पाँच विद्यार्थी उद्यमीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाडौं च्याप्टरले विभिन्न पाँच क्षेत्रबाट पाँच जना उद्यमीलाई सम्मान गरेको हो ।

यसअन्तर्गत शिक्षा क्षेत्रबाट ‘मेरो शिक्षा’का तिलक ढकाल, सामाजिक प्रभाव क्षेत्रबाट ‘जोड इनिसियट’का सौरभ तिवारी, ईकमर्सबाट ‘महारानी’की दिप्सा खड्का, सूचना प्रविधिबाट ‘डार्क म्याटर’का हिमाल तिमिल्सिना, दिगो वातावरण र कृषि क्षेत्रबाट ‘दिगो नेपाल’की अञ्जना मल्ल सम्मानित भएका छन् ।

एनवाईईएफका अनुसार इमर्जिङ लिडरका लागि देशभरबाट ५० बढी विद्यार्थी उद्यमीको आवेदन प्राप्त भएको थियो । 

पछिल्लो अध्यावधिक: असार १२, २०८१ १७:१९