close

साउन १ देखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइनबाटै

टेकपाना टेकपाना

असार १५, २०८१ २०:३२

साउन १ देखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइनबाटै

काठमाडौँ । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब अनलाइन प्रणालीबाट हुने भएको छ । सरकारले आगामी १ साउनदेखि अनलाइनबाटै रोजगार मागपत्र प्रमाणीकरणको व्यवस्था गर्न  गर्न लागेको हो ।

शुक्रवार एक कार्यक्रममा बोल्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात अनलाइनबाटै प्रमाणीकरण हुने व्यवस्था गरिन लागेको जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी रोजगार मागपत्र प्रमाणीकरणको व्यवस्था लागू गर्न लागिएको हो ।

योसँगै ​खाड़ीमुलुक, मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली राजदूतावासले अनलाइनमार्फत मागपत्र प्रमाणीकरण हुने भएको छ ।

साथै परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोजतलास, उद्धार, ज्यान गुमाएकाको शव झिकाउने, राहत एवं क्षतिपूर्ति, गुनासो सम्बोधनलगायत अनलाइन सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिए ।

पछिल्लो अध्यावधिक: असार १५, २०८१ २०:३२