close

यसै वर्षदेखि स्नातक तहमा डेटा साइन्स पढाउँदै त्रिवि

टेकपाना टेकपाना

असार १६, २०८१ २१:२४

यसै वर्षदेखि स्नातक तहमा डेटा साइन्स पढाउँदै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी)ले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा डेटा साइन्स पढाउने भएको छ । आईओएसटीको स्कुल अफ म्याथम्याटिकल साइन्सले ब्याचलर इन डेटा साइन्स नामक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

उक्त कार्यक्रम चलाउन विश्वविद्यालयले आन्तरिक तयारी गरिरहेको स्कुल अफ म्याथम्याटिकल साइन्सका निर्देशक नवराज पौडेलले बताए । उनका अनुसार विश्व बजारमा उत्कृष्ट कोर्सको रुपमा चिनिएको डेटा साइन्स १२ कक्षाको नतिजा कुरेर बसेका विद्यार्थीहरूका लागि राम्रो विकल्प हुनेछ । 

चार वर्षे यस कार्यक्रममा स्याटिस्टिकल नलेज एन्ड एनालिसिस. म्याथम्याटिकल स्किल्स, प्रोग्रामिङ ल्याङ्ग्वेज (सी, आर, पाइथन), मसिन लर्निङ, कोडिङ एन्ड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, वेब डेभलपमेन्ट एन्ड सफ्टवेयर डिजाइन, बिग डेटा, क्लाउड कम्प्युटिङ, डिप लर्निङ, डेटा सेक्युरिटी, डिजिटल मार्केटिङ लगायतका विषय पढाइने बताइएको छ । 

कोर्सबारे थप विवरण चाँडै प्रकाशन गर्ने पाैडेलले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असार १६, २०८१ २२:७