close

विश्वबजार र नेपालमा सँगै सार्वजनिक हुँदै नथिङको सस्तो फोन, केके छन् फिचर ?

टेकपाना टेकपाना

असार २०, २०८१ १३:३६

विश्वबजार र नेपालमा सँगै सार्वजनिक हुँदै नथिङको सस्तो फोन, केके छन् फिचर ?

काठमाडौं । पारदर्शी स्मार्टफोनका कारण चर्चित बनेको नथिङ ब्रान्डले नयाँ फोन सार्वजनिक गर्ने भएको छ । नथिङकै सहायक कम्पनी सीएमएफले तयार पारेको 'सीएमएफ फोन वन' आगामी सोमबार सार्वजनिक हुने भएको हो । 

विश्वबजारमा यो फोन सार्वजनिक भएकै दिन नेपालमा पनि सार्वजनिक हुने नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले जनाएको छ । 

बुधबार कम्पनीले सामाजिक सञ्जाल एक्समा 'सीएमएफ फोन वन' को डिजाइन सार्वजनिक गरेको छ । यसमा दिइएको स्क्रु ड्राइभर भने भिन्नै छ । कम्पनीले फोनमा किन स्क्रु ड्राइभर उपलब्ध गराउन लागेको हो भन्ने विषय खुलाएको छैन । सम्भवतः यो सिम कार्ड राख्न प्रयोग हुने अनुमान छ । 

कम्पनीले सार्वजनिक गरेको अर्को पोस्टमा  फोनको कभरको फोटो राखिएको छ । 

पछिल्लो अध्यावधिक: असार २०, २०८१ १५:५३