close

एआईमा काम गर्न मन छ? सिक्नुहोस् यी सीप

टेकपाना टेकपाना

असार २२, २०८१ १५:२८

एआईमा काम गर्न मन छ? सिक्नुहोस् यी सीप

काठमाडौं । अहिलेको जल्दोबल्दो प्रविधि हो एआई । हरेक क्षेत्रलाई प्रभाव पार्न सक्ने क्षमता भएकाले एआई तीव्र गतिमा विकास भइरहेको छ । यसो हुँदा यस क्षेत्रको जनशक्तिको पनि उतिनै माग हुन्छ । तर एआईको क्षेत्रमा काम गर्न तपाईंसँग विशेष सीप भने हुन जरुरी छ । आज हामी एआईको क्षेत्रमा काम गर्न आवश्यक पर्ने सीपबारे चर्चा गर्ने छौं:

१. मसिन लर्निङ (एमएल) 

मसिन लर्निङलाई एआईको आधार मानिन्छ । यसको काम भनेको मसिनलाई निश्चित डेटाबाट आफैं सिक्न सक्ने बनाउनु हो । इमेज रिकग्निसन, रिकमेन्डेसन सिस्टम र फ्रड डिटेक्सन यसका केही क्षेत्र हुन् ।

२. पाइथन 

यो एक प्रोग्रामिङ ल्याङ्ग्वेज हो । तर यसमा भएको वृहत् लाइब्रेरी (Tensorflow and Pytorch) र रिडेबिलिटीले गर्दा एआईको क्षेत्रमा काम गर्न यो निकै उपयोगी हुन्छ । त्यसमाथि यसमा काम गरिरहेका डेभलपरहरूको समुदाय पनि ठूलो छ ।

३. डिप लर्निङ 

यसलाई एमएलको उपक्षेत्र मानिन्छ । यसले आर्टिफिसियल न्युरल नेटवर्कका आधारमा विभिन्न डेटा प्याटर्न बनाउने गर्छ । सेल्फ ड्राइभिङ तथा न्याचुलर ल्याङ्ग्वेज प्रोसेसिङ यसका एप्लिकेसनहरू हुन् ।

४. न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) 

यसको काम भनेको कम्प्युटर तथा मसिनलाई मानवीय भाषा बुझ्न तथा यस प्रकारको भाषा उत्पादन गर्न सक्षम बनाउनु हो । विभिन्न एआई च्याटबट, मसिन ट्रान्सलेसनमा यसको प्रयोग भइरहेको हुन्छ ।

५. कम्प्युटर भिजन (सीभी) 

यसको काम भनेको कम्प्युटरलाई फोटो तथा भिडिओबाट सूचनाहरू झिक्ने बनाउनु हो । मेडिकल इमेजिङ, अटोनोमस रोबट, फेसियल रिकग्निसन जस्ता क्षेत्रमा यसको प्रयोग हुने गर्छ ।

६. बिग डेटा 

एआईमा डेटाको विशेष महत्त्व रहन्छ । त्यस्ता ठूला ठूला डेटाहरूको व्यवस्थापन तथा विश्लेषण गर्न बिग डेटाले विशेष भूमिका खेल्छ । अहिले यससँग सम्बन्धित हडुप (hadoop), स्पार्क (spark) जस्ता सीप अत्यन्त मागमा छन् ।

७. क्लाउड कम्प्युटिङ 

एआईसँग सम्बन्धित परियोजना निकै ठूला ठूला हुन्छन् । यसकारण पुग्दो कप्युटर पावर तथा स्टोरेज क्लाउड कम्प्युटिङमार्फत लिन सकिन्छ । अहिले एडब्लूएस, एजुर, गुगल क्लाउड जस्ता प्रख्यात क्लाउड प्लेटफर्म सक्रिय छन् ।

८. डेटा साइन्स 

एआईमा डेटा मात्र भएर पुग्दैन । डेटा  बुझ्नु पर्ने हुन्छ । यसका लागि उपयोगी क्षेत्र हो, डेटा साइन्स । एआई मोडल बनाउन डेटा वैज्ञानिकहरूले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । किनकि उनीहरूसँग तथ्याङ्कशास्त्र, प्रोग्रामिङ जस्ता क्षेत्रहरूको ज्ञान तथा सीप हुन्छ ।

९. एआई इथिक्स एन्ड बायस मिटिगेसन 

जति एआई फैलिरहेको छ, त्यति नै यससँग सम्बन्धित विभिन्न नैतिक प्रश्नहरू पनि उठिरहेका छन् । यसकारण एआईसँग सम्बन्धित नैतिक कुरा तथा एल्गोरिदमका कारण हुने विभिन्न नकारात्मक कुराको न्यूनीकरण गर्ने सीप पनि हुनु जरुरी छ ।

१०. सञ्चार सीप 

यो सामान्य सीप लाग्न सक्ला । तर एआईको क्षेत्रमा यो निकै महत्त्वपूर्ण छ । किनकी एआई पूर्णत प्राविधिक विषय हो । तर कम्पनीमा लगानी जुटाउँदा अथवा यसबारे विभिन्न विचार तथा सिद्धान्त अन्य व्यक्तिहरूलाई बुझाउँदा सामान्य भाषामा भन्नु पर्ने हुन्छ । यसकारण एआईको प्राविधिक सीपसँगै सञ्चार सीप हुनु पनि अत्यन्त जरुरी छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८१ १५:२८