close

गोल्डेन ड्रागनको १४ सिटे विद्युतीय भ्यान नेपाली बजारमा, मूल्य ५७ लाख

टेकपाना टेकपाना

असार २६, २०८१ १७:३२

गोल्डेन ड्रागनको १४ सिटे विद्युतीय भ्यान नेपाली बजारमा, मूल्य ५७ लाख

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड गोल्डेन ड्रागनको विद्युतीय भ्यान भित्रिएको छ । गोल्डेन ड्रागनका लागि नेपालको आधिकारिक वितरक कम्पनी अर्क्स ग्रुप प्रालिले १४ सिट क्षमताको विद्युतीय भ्यान बजारमा ल्याएको हो ।

यो भ्यानको मूल्य ५७ लाख रुपैयाँ कायम गरिएको छ । यो भ्यानमा चर्चित ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ ।

त्यस्तै अर्क्स ग्रुपले गोल्डेन ड्रागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने तयारी गरेको छ ।

यी भ्यानहरू लामो दुरी र छोटो दुरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८१ १७:३२