काठमाडाै । शुक्रवार त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको खाेजी गर्न सोनार क्यामेरा र वाटर ड्रोन प्रयाेग गरिएको छ । पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टममार्फत खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
र्याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित ४५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजीकार्यमा परिचालित भएको छ
साथै खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका-२९, सिमलताल शुक्रबार बिहान त्रिशूली नदीमा खसेको थियो । काठमाडौंबाट गौर आउँदै गरेको बसमा २७ र वीरगञ्जबाट काठामाडौंतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु सवार थिए ।