इच्छुक सबैले पढ्न पाउने गरी त्रिविमा खुल्यो ‘ब्याचलर्स इन डेटा साइन्स’ मा भर्ना
साउन ४, २०८१ १३:४०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पहिलाे पटक सञ्चालनमा ल्याएको ब्याचलर्स इन डेटा साइन्समा भर्ना खुलेको छ । हालै एक सूचना निकाल्दै विश्वविद्यालयले चार वर्षे (आठ सेमेस्टर) यो कार्यक्रमका लागि भर्ना खुलाएको हो ।
इच्छुक विद्यार्थीले कक्षा ११/१२ मा जुनै विषय लिएर पढे पनि अन्तिम सीजीपीए १.८ वा बढी ल्याएको हुनुपर्छ । डेटा साइन्स पढ्न हुन त्रिविले लिने प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ । लिखित परीक्षा र अन्तर्वार्ता हुने मिति पछि प्रकाशित हुने सूचनामा उल्लेख छ ।
कस्तो छ कोर्स ?
कुल १२३ क्रेडिट आवरको यो कोर्समा सैद्धान्तिक, प्रयोगात्मक, प्रोजेक्ट, सेमिनार र इन्टर्नशिपको व्यवस्था गरिएको छ । यस कोर्समा म्याथ, स्टाटिस्टिक्स, कम्प्युटर साइन्स र टेक्नोलोजीका आधारभूत विषय समेटिएका छन् । साथै एल्गोरिदम, एआई, मसिन लर्निङ, कम्प्युटर एन्ड स्टाटिस्टिकल प्रोग्रामिङ, डेटा एनालिसिस, डेटाबेस सिस्टम, वेब डेभलपमेन्ट जस्ता डेटा साइन्ससँग सम्बन्धित विषय पनि समावेश छन् ।
विश्वविद्यालयका अनुसार प्रत्येक च्याप्टर तीन क्रेडिट आवरका छन् भने ४८ क्रेडिट आवर बराबरको सेमिनार, प्रोजेक्ट वर्क र इन्टर्नशिपको व्यवस्था गरिएको छ ।
कोर्स संरचना
यो कोर्समा प्रत्येक सेमेस्टर १५ क्रेडिटका छन् । पाँचौं र सातौं सेमेस्टरमा परियोजना रहेको छ भने आठौं सेमेस्टरमा अनिवार्य इन्टर्नशिप रहेको छ । विश्वविद्यालयले तयार पारेको पाठ्यक्रम संरचना यस्तो छ:
|
सेमेस्टर |
विषय |
क्रेडिट आवर |
|
पहिलो |
-इन्ट्रोडक्सन अफ डेटा साइन्स -बेसिक कम्प्युटर अर्गनाइजेसन -प्रोग्रामिङ इन सी -स्टाटिस्टिक्स फर डेटा साइन्स -क्यालकुलस १ |
३ ३ ३ ३ ३ |
|
दोस्रो |
-पाइथन प्रोग्रामिङ -डेटाबेस म्यानेजमेन्ट सिस्टम -प्रोब्याबिलिटी डिस्ट्रिब्युसन -क्यालकुलस २ -लिनियर अल्जेब्रा |
३ ३ ३ ३ ३ |
|
तेस्रो |
-डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम -अपरेटिङ सिस्टम -आर प्रोग्रामिङ -इन्फेरेन्सियल स्टाटिस्टिक्स -डिफ्रेन्सियल इक्वेसन -सेमिनार |
३ ३ ३ ३ ३ |
|
चौथो |
-आर्टिफिसियल इन्टेलिजेन्स -वेब डेभलपमेन्ट -डेटा कम्युनिकेसन्स एन्ड कम्प्युटर नेटवर्किङ -डिस्क्रेट म्याथम्याटिक्स -टेक्निकल राइटिङ |
३ ३ ३ ३ ३ |
|
पाँचौं |
-मसिन लर्निङ -सफ्टवेयर डिजाइन एन्ड डेभलपमेन्ट -डेटा भिजुअलाइजेसन -न्युमेरिकल मेथोड्स -इकोनोमिक -प्रोजेक्ट १ |
३ ३ ३ ३ ३ २ |
|
छैटौं |
-डेटा वेयरहाउजिङ एन्ड माइनिङ -आर्टिफिसियल न्युरल नेटवर्क -कम्प्युटर ग्राफिक्स एन्ड इमेज प्रोसेसिङ -रिसर्च मेथोडोलोजी -प्रिन्सिपल अफ म्यानेजमेन्ट |
३ ३ ३ ३ ३ |
|
सातौं |
-अब्जेक्ट रिलेस्नल एन्ड नोएसक्यूआर डेटाबेस -सिमुलेसन एन्ड मोडेलिङ -डेटा सेक्युरिटी -प्रोजेक्ट २ इलेक्टिभ -क्लाउड कम्प्युटिङ -डिप लर्निङ -मोबाइल एप्लिकेसन डेभलपमेन्ट -ब्लकचेन टेक्नोलोजी -एक्सप्लोरेटोरी डेटा एनालिटिक्स |
३ ३ ३ ३ ३ ३ ३ ३ ३ |
|
आठौं |
-इन्फर्मेसन रिट्राइभल -बिग डेटा एनालिटिक्स विथ हडुप -न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ -इन्टर्नशिप इलेक्टिभ -सोसल नेटवर्क एनालिसिस -फोरकास्टिङ एनलाइसिस -डिजिटल मार्केटिङ -बिजनेस इन्टेलिजेन्स -इन्टरनेट अफ थिङ्स |
३ ३ ३ ३ ३ ३ ३ ३ ३ |
भर्ना, शुल्क र छात्रवृत्ति
यस शैक्षिक कार्यक्रमको भर्ना आवेदन १ साउनदेखि खुलिसकेको छ । कुल ४० सिट क्षमता रहेकोमा ३२ खुला र ८ समावेशी कोटा रहेको छ ।
यसको शुल्क पाँच लाख ३० हजार रुपैयाँ रहेको छ ।
विश्वविद्यालयले कुल १० प्रतिशत विद्यार्थीहरूलाई नि:शुल्क छात्रवृत्ति दिनेछ, जसमा प्रत्येक सेमेस्टरमा एक/एक छात्र र छात्रालाई जेहेन्दार छात्रवृत्ति समेत दिइनेछ ।
कोर्सबारे थप बुझ्न यहाँ र भर्ना आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८१ १४:१
