close

इच्छुक सबैले पढ्न पाउने गरी त्रिविमा खुल्यो ‘ब्याचलर्स इन डेटा साइन्स’ मा भर्ना

टेकपाना टेकपाना

साउन ४, २०८१ १३:४०

इच्छुक सबैले पढ्न पाउने गरी त्रिविमा खुल्यो ‘ब्याचलर्स इन डेटा साइन्स’ मा भर्ना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पहिलाे पटक सञ्चालनमा ल्याएको ब्याचलर्स इन डेटा साइन्समा भर्ना खुलेको छ । हालै एक सूचना निकाल्दै विश्वविद्यालयले चार वर्षे (आठ सेमेस्टर) यो कार्यक्रमका लागि भर्ना खुलाएको हो ।

इच्छुक विद्यार्थीले कक्षा ११/१२ मा जुनै विषय लिएर पढे पनि अन्तिम सीजीपीए १.८ वा बढी ल्याएको हुनुपर्छ । डेटा साइन्स पढ्न हुन त्रिविले लिने प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ । लिखित परीक्षा र अन्तर्वार्ता हुने मिति पछि प्रकाशित हुने सूचनामा उल्लेख छ । 

कस्तो छ कोर्स ?

कुल १२३ क्रेडिट आवरको यो कोर्समा सैद्धान्तिक, प्रयोगात्मक, प्रोजेक्ट, सेमिनार र इन्टर्नशिपको व्यवस्था गरिएको छ । यस कोर्समा म्याथ, स्टाटिस्टिक्स, कम्प्युटर साइन्स र टेक्नोलोजीका आधारभूत विषय समेटिएका छन् । साथै एल्गोरिदम, एआई, मसिन लर्निङ, कम्प्युटर एन्ड स्टाटिस्टिकल प्रोग्रामिङ, डेटा एनालिसिस, डेटाबेस सिस्टम, वेब डेभलपमेन्ट जस्ता डेटा साइन्ससँग सम्बन्धित विषय पनि समावेश छन् । 

विश्वविद्यालयका अनुसार प्रत्येक च्याप्टर तीन क्रेडिट आवरका छन् भने ४८ क्रेडिट आवर बराबरको सेमिनार, प्रोजेक्ट वर्क र इन्टर्नशिपको व्यवस्था गरिएको छ । 

कोर्स संरचना

यो कोर्समा प्रत्येक सेमेस्टर १५ क्रेडिटका छन् । पाँचौं र सातौं सेमेस्टरमा परियोजना रहेको छ भने आठौं सेमेस्टरमा अनिवार्य इन्टर्नशिप रहेको छ । विश्वविद्यालयले तयार पारेको पाठ्यक्रम संरचना यस्तो छ:

सेमेस्टर

विषय

क्रेडिट आवर

पहिलो

-इन्ट्रोडक्सन अफ डेटा साइन्स

-बेसिक कम्प्युटर अर्गनाइजेसन

-प्रोग्रामिङ इन सी

-स्टाटिस्टिक्स फर डेटा साइन्स

-क्यालकुलस १

दोस्रो

-पाइथन प्रोग्रामिङ

-डेटाबेस म्यानेजमेन्ट सिस्टम

-प्रोब्याबिलिटी डिस्ट्रिब्युसन

-क्यालकुलस २

-लिनियर अल्जेब्रा

तेस्रो

-डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम

-अपरेटिङ सिस्टम

-आर प्रोग्रामिङ

-इन्फेरेन्सियल स्टाटिस्टिक्स

-डिफ्रेन्सियल इक्वेसन

-सेमिनार

चौथो

-आर्टिफिसियल इन्टेलिजेन्स

-वेब डेभलपमेन्ट

-डेटा कम्युनिकेसन्स एन्ड कम्प्युटर नेटवर्किङ

-डिस्क्रेट म्याथम्याटिक्स

-टेक्निकल राइटिङ

पाँचौं

-मसिन लर्निङ

-सफ्टवेयर डिजाइन एन्ड डेभलपमेन्ट

-डेटा भिजुअलाइजेसन

-न्युमेरिकल मेथोड्स

-इकोनोमिक

-प्रोजेक्ट १

छैटौं

-डेटा वेयरहाउजिङ एन्ड माइनिङ

-आर्टिफिसियल न्युरल नेटवर्क

-कम्प्युटर ग्राफिक्स एन्ड इमेज प्रोसेसिङ

-रिसर्च मेथोडोलोजी

-प्रिन्सिपल अफ म्यानेजमेन्ट

सातौं

-अब्जेक्ट रिलेस्नल एन्ड नोएसक्यूआर डेटाबेस

-सिमुलेसन एन्ड मोडेलिङ

-डेटा सेक्युरिटी

-प्रोजेक्ट २

 

इलेक्टिभ

-क्लाउड कम्प्युटिङ 

-डिप लर्निङ

-मोबाइल एप्लिकेसन डेभलपमेन्ट

-ब्लकचेन टेक्नोलोजी

-एक्सप्लोरेटोरी डेटा एनालिटिक्स

 

आठौं

-इन्फर्मेसन रिट्राइभल

-बिग डेटा एनालिटिक्स विथ हडुप

-न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ

-इन्टर्नशिप

 

इलेक्टिभ

-सोसल नेटवर्क एनालिसिस

-फोरकास्टिङ एनलाइसिस

-डिजिटल मार्केटिङ

-बिजनेस इन्टेलिजेन्स

-इन्टरनेट अफ थिङ्स

 

 

भर्ना, शुल्क र छात्रवृत्ति

यस शैक्षिक कार्यक्रमको भर्ना आवेदन १ साउनदेखि खुलिसकेको छ । कुल ४० सिट क्षमता रहेकोमा ३२ खुला र ८ समावेशी कोटा रहेको छ ।

यसको शुल्क पाँच लाख ३० हजार रुपैयाँ रहेको छ ।

विश्वविद्यालयले कुल १० प्रतिशत विद्यार्थीहरूलाई नि:शुल्क छात्रवृत्ति दिनेछ, जसमा प्रत्येक सेमेस्टरमा एक/एक छात्र र छात्रालाई जेहेन्दार छात्रवृत्ति समेत दिइनेछ ।

कोर्सबारे थप बुझ्न यहाँ र भर्ना आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ १४:१