close

सीएमएफ फोन वनमा एक्स-रे क्यामेरा

टेकपाना टेकपाना

साउन ८, २०८१ १५:१०

सीएमएफ फोन वनमा एक्स-रे क्यामेरा

काठमाडौं । पारदर्शी फोन निर्माता कम्पनीका रूपमा चर्चा पाएको नथिङको सहायक ब्रान्ड सीएमएफले हालै मात्र आफ्नो पहिलो फोन 'सीएमएफ फोन वन' बजारमा ल्याएको छ । यो फोन डिजाइनको सन्दर्भमा भिन्न छ ।

यसमा स्क्रु प्रयोग गरी फोनको कभर निकाल्न मिल्ने सुविधा दिइएको छ । अरू फिचर सामान्यतः इन्ट्री लेभलकै फोन बराबर छन् । अर्थात् सस्तो फोनमा पाइने प्रायः सबै फिचर यसमा छन् । 

तर, कम्पनीले कहीं कतै चर्चा नगरेको फिचर एक सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक गरेका छन् । त्यो फिचर हो डेप्थ सेन्सरको एक्स-रे क्षमता । सामाजिक सञ्जाल एक्समा माधव कान्त नामका एक व्यक्तिले एक भिडिओ राख्दै उक्त फिचरको चर्चा गरेका छन् ।

“अकिस (नथिङका सहसंस्थापक) गलत थिएनन्,” उनले लेखेका छन्, “सुरुमा उनको कुरा कसैले पत्याएनन् । तर, सीएमएफ फोन वनमा भएको २ मेगापिक्सेलको क्यामेरा साधारण होइन । यसलाई एक्स-रे क्यामेरा भन्न सक्छौं ।”

CMF PHONE 1 has a see through camera?

Akis wasn't wrong at all man! They didn't trust his words at all But that 2MP is not a normal one but it's see through camera or X-ray camera we can say!!

At this Price Range, This thing is commendable and damn amazing

Watch this shorts👇 pic.twitter.com/WClUI4Xss2

— IfeelNothing (@madhavkant05) July 12, 2024

भिडिओमा माधव कान्तले उक्त सेन्सरको क्षमतालाई प्रयोग गरेर देखाएका छन् । उक्त क्यामेरा प्रयोग गर्दा रिमोटभित्रको ब्याट्री, प्लास्टिक भित्रको सामान प्रष्ट देखिएको छ । एक्स-रे फिचर प्रयोग गर्नका लागि खासमा उनले थर्ड पार्टी क्यामेरा एप प्रयोग गरेका थिए । 

केही सीमित वस्तुमा यो क्यामेराले काम गर्ने भए पनि कपडाभित्रको दृश्य कैद गर्न नसक्ने दाबी गरिएको छ ।

उक्त भिडिओ रिपोस्ट गर्दै नथिङका सहसंस्थापक एकिस एभाङ्गेलिडिसले सो फोनको सेन्सरमा एक्स-रे क्षमता भएको पुष्टि गरेका छन् ।  

डेप्थ सेन्सरले सामान्यतः मेन सेन्सरसँग मिलेर पोट्रेट मोडमा फोटो खिच्दा डेप्थ अफ फिल्ड इफेक्ट सिर्जना गर्ने उनको भनाइ छ । यो सेन्सरमा इन्फ्रारेड लाइट फिल्टर नभएकोले यसले केही अर्ध-पारदर्शी वस्तुहरू पार गर्न सक्ने उनले उल्लेख गरेका छन् । उनका अनुसार विशेषगरी पातलो कालो प्लास्टिकभित्रका वस्तु देखाउन क्यामेराले राम्रैसँग काम गर्छ ।

यो सेन्सरले नथिङकै मुख्य क्यामेरा एपमा नभई थर्ड पार्टी क्यामेरा एपमा एक्स-रेको काम गर्ने भएकाले त्यसलाई डिसेबल गरिएको एभाङ्गेलिडिसले बताएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८१ १५:२३