काठमाडौं । नेपालको स्मार्टफोन बजारमा रियलमीले आफ्नो नयाँ फोन ‘रियलमी सी६१’ भित्र्याएको छ । यो फोनमा ९० हर्ज रिफ्रेस रेट सहित ६.५ इन्चको आईपीएस एलसीडी प्यानल एचडी प्लस डिस्प्ले रहेको छ ।
युनिसोक टी६१२ चिपसेटबाट सञ्चालित फोन दुई भेरियन्टमा उपलब्ध छ: ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज र ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज ।
यसमा ३२ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनले १००० चार्जिङ साइकलपछि पनि ८० प्रतिशत ब्याट्री क्षमता कायम राख्ने कम्पनीको दाबी छ ।
यो फोन एन्ड्रोइड १४ मा आधारित रियलमी युआई ५.० अपरेटिङ सिस्टमबाट चल्छ ।
४ जीबी र्याम भएको भेरियन्टको मूल्य १३ हजार ४९९ रुपैयाँ र ६ जीबी र्याम भएको भेरियन्टको मूल्य १६,४९९ रुपैयाँ रहेको छ । यो फोन मार्बल ब्ल्याक र सफारी ग्रीन कलरमा उपलब्ध छ ।
थप फिचरहरूमा समावेश छन्:
आरमोरसेल™ टफ बिल्ड: यो फोन विभिन्न प्रकारका सुरक्षा सामग्रीहरू जस्तै धातु, फोम, र सिलिकन प्रयोग गरी डिजाइन गरिएको छ ।
४८ महिनाको फ्लुएन्सी ग्यारेन्टी: कम्पनीले४ वर्षसम्म नयाँ फोनको अनुभव प्रदान गर्ने ग्यारेन्टी दिएको छ, जसले गर्दा लामो समयसम्म ल्याग फ्री प्रयोग गर्न सकिन्छ ।
टीयूभी रेनल्याण्ड हाइ रिलायबिलिटी प्रमाणपत्र: फोनले टिकाउपन र विश्वसनीयताका लागि विभिन्न कडा गुणस्तर परीक्षणहरू पार गरेको कम्पनीको दाबी छ ।
स्मार्ट टच सुविधा: रेनवाटर स्मार्ट टच भएको हुँदा भिजेको हातले पनि फोन चलाउन सकिन्छ ।
उन्नत फोटोग्राफी फिचरहरू: फोर–इन–वन पिक्सेल बिनिङ टेक्नोलोजी र एड्भान्स्ड सेन्सर हार्डवेयरले स्पष्ट फोटो खिच्ने कम्पनीको भनाइ छ ।