काठमाडौं । सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक २३ वर्षीय युवतीलाई पक्राउ गरेको छ । सोमबार ब्युरोको टोलीले गेरुवा ६ बर्दिया घर भएकी सुस्मिता थारूलाई सो आरोपमा पक्राउ गरेको हो ।
ब्युरोका अनुसार चौधरीले एक जना पीडित युवतीको फोटो सामाजिक सञ्जालबाट डाउनलोड गरी फेक अकाउन्ट बनाएर कल गर्ल भन्दै पोस्ट गरेकी थिइन् । यसरी सार्वजनिक रूपमा चरित्र हत्या गरी मानसिक तनाव, दुख र हैरानी दिई आफ्नो बदनाम गरेको भन्दै पीडितले ब्युरोमा निवेदन दिएकी थिइन् ।
ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सो कार्यमा हाल बुढानीलकण्ठ १० कपन बस्ने चौधरीको संलग्नता खुल्न आएको हो । काठमाडौं जिल्ला अदालतको आदेशले सात दिन म्याद थप भई उनीमाथि थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।