काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)का डिन प्राडा. शशीधरराम जोशीको कार्यकाल सकिएको छ । २२ साउनमा चार वर्षे कार्यकाल सकिएसँगै उनी डिनबाट बिदा भएका छन् ।
प्राडा. जोशी सूचना प्रविधि पृष्ठभूमिबाट आईओईको डिनमा नियुक्त हुने पहिलो पदाधिकारी बनेका थिए ।
त्रिविका उपकुलपति प्राडा. केशरजङ्ग बरालले अर्को व्यवस्था नभएसम्म संस्थानकै सहायक डिन (शैक्षिक प्रशासन) प्राडा. विनोदकुमार भट्टराईलाई निमित्त डिनको जिम्मेवारी दिएका छन् । प्राडा. भट्टराई अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङका प्राध्यापक हुन् ।