close

टेक्नो मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख

टेकपाना टेकपाना

साउन २५, २०८१ १२:७

टेक्नो मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख

 

काठमाडौं । मोबाइल ब्राण्ड ‘टेक्नो’को ब्रान्ड एम्बासडरमा क्रिकेटरद्वय आरिफ शेख र आसिफ शेख नियुक्त भएका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रममार्फत यी क्रिकेटर दाजुभाइ ब्रान्ड एम्बासडरका रूपमा जोडिएको जानकारी दिइएको हो । 

टेक्नो मोबाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तलपात्राले भने, “आरिफ र आसिफ शेखलाई हाम्रो ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । उनीहरूको खेलकूदप्रतिको समर्पण हाम्रो ‘स्टप एट नथिङ’ भावनासँग मेल खान्छ ।”

सो अवसरमा बोल्दै ब्रान्ड एम्बासडर आरिफ शेखले यो साझेदारीले दर्शकहरूलाई नयाँ अनुभव दिने बताए । त्यस्तै आसिफ शेखले टेक्नोको प्रविधिसँग आफ्नो जोश र जाँगर मिल्ने धारणा राखे ।

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले भने, “आरिफ र आसिफलाई ब्रान्ड एम्बासडरको रूपमा पाउँदा हामी गर्वित छौँ । यस साझेदारीले हामीलाई युवा पुस्तासँग अझ नजिक जोड्न मद्दत गर्नेछ ।”

नेपालभर टेक्नोको ७७ जिल्लामै उपस्थिति रहेको र देशको १० प्रतिशत मोबाइल बजार हिस्सा ओगटेको भण्डारीले दाबी गरे । “टेक्नो नेपालको पाँचौं शीर्ष ब्रान्ड हो र देशभर ५० वटा सेवा केन्द्रहरूमा उत्कृष्ट सेवा प्रदान गरिरहेको छ,” उनले भने । 

पछिल्लो अध्यावधिक: साउन २५, २०८१ १२:७